युवानेता तथा प्रदेश साम्सद विशाल खड्काद्वारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम को आयोजना
काठमाडौं – दोलखा १ प्रदेश नं. ३ प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काले दशै तिहार, नेपाल संवत, छठ पर्व लगायतका चाडपर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम आयोजना गर्ने भएका छन!
नेता खडकाले कार्तिक १९ गते सोमबार दिउँसो ३ :३० बजे नेपाल कमर्स क्याम्पस मिनभवन नयाँबानेश्वरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएका हुन् ।
नेपाल कम्यूनिस्ट पार्टी (नेकपाका) युवा नेता रहेका सांसद खड्काले सम्पूर्ण पार्टीका नेता कार्यकर्ता बिभिन्न पेसा व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्ने दोलखालीहरुलाई सो चियपान तथा शुभकामना कार्यक्रम ले अझ थप उर्जा मिल्ने र एक आपसमा समन्वयको भाव उत्पन्न गराउने उदेश्यले चियापान कार्यक्रमको आयोजना गरेको बताए ।
राजनितिक दलका नेता कार्यकर्ता को निमित नेपालिहरुको महान पर्व को अवसरमा आयोजित यो कार्यक्रमले नेता तथा कार्यकर्ता एबम शुभचिन्तकहरुको सम्बन्ध अझ प्रगाढ रहने र भावी योजनामा साथ सहयोग र सुझावमा आझ थप टेवा मिल्ने भन्दै उनले उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् ।