बैतेश्वरको मार्बुमा निशुल्क स्वास्थ्य शिविर परिक्षण तथा सचेतना सिविर सम्पन्न
असोज,१७, दोलखा
बैतेश्वर, ७ , मार्बुको सामुदायिक गाउँघर क्लिनिक मा सुगर, प्रेशर, आँखा दाँत तथा महिलाहरुको पाठेघरमा आएको समस्या लगायतका रोगका निशुल्क उपचार र परामर्श स्वास्थ्य परिक्षण तथा सचेतना सिविर सम्पन्न भएको छ ।
ग्रामीण विकास सेवा समाज दोलखाको आयोजना तथा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट दोलखाको सहकार्य मा हुन लागिरहेको ३ दिने उक्त शिविर को पहिलो दिन आज मार्वुमा संचालन भएको थियो । हिमशिखर सामाजिक साँस्कृतिक समाज, काठमाण्डौको सहयोग र वैतेश्वर गाउँपालिका, जिरि नगरपालिका, बैतेश्वर गाउँपालिका वडा नम्वर ५ र ७ को समन्वय मा संचालन भएको यो शिविर सुगर प्रेसर दाँत आँखा तथा पाठेघर जाँच संवन्धि विशेष परिक्षण गरिएको थियो ।
तिन दिनसम्म निरन्तर रुपमा चलिरहने यो शिविर द्धारा आज असोज १७ गते सम्पन्न स्थल बैतेश्वर ७ मार्बुको सामुदायिक गाउँघर क्लिनिक बाट आँखा सम्बन्धि १६६ जना भन्दा बढि व्यक्तिहरुले आफ्नो आँखाको परिक्षण गराएका थिए भने २८७ जना ले अन्य रोगको स्वास्थ्य अवस्था परिक्षण सहित ४५३ जनाले स्वास्थ्य परिक्षण गराएका थिए। बाँकि दुई दिनसम्म लगातार संचालन हुने यो शिविर बाट लिन सक्ने सुविधा बाट कोहि पनि नछुटौँ ,बैतेश्वर गाउँपालिक उपाध्यक्ष रविचन्द्र आचार्यले आव्हान गरेका छन् ।