दुई महिनामा ७ जना बलात्कृत

Monday, September 17th, 2018 |

असोज,१, दोलखा


बिगत दुई महिनादेखि कञ्चनपुर तनावग्रस्त भएको छ ।तनावग्रस्त यो मानेमा भएको छ कि १३ वर्षिया निर्मला पन्तको बलात्कार पछिको हत्या पश्चात यो दूई महिनामा ७ जनाको बलात्कार भएको खबर सार्वजनिक भएको छ ।

बलात्कारको श्रृङ्खला
–२०७५ साउन १
पुर्नवास नगरपालिकाकी ३९ वर्षीया महिला भैसी चराउन गएका बेला ३० वर्षीय नरेश रानाबाट बलात्कृत ।

– २०७५ साउन ४
९ वर्षीया बालिका बलात्कृत । पुर्नवास नगरपालिका ३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको बेला बालिकालाई बलात्कार ।

–२०७५ साउन १०
शुक्लाफाँटा नगरपालिका ८ नौखुरीकी २० वर्षीया युवती ३२ वर्षीया बिन्तीराम चौधरीबाट बलात्कृत ।

–.२०७५ साउन १६
पुर्नवास नगरपालिका २ की १६ वर्षीया बालिका २६ वर्षीय विकास बूढाद्वारा बलात्कृत ।

–२०७५ साउन १९
भीमदत्त नगरपालिका १० जिमुवाकी ५ वर्षीया बालिका ४० वर्षीय लक्ष्मण कार्कीबाट बलात्कार प्रयास ।

–२०७५ साउन २६
देवकोट नगरपालिका ७ का ५ वर्षीय बालक किरण धामीमाथि ६६ वर्षीय धामीबाट यौन दूराचार ।

–२०७५ भदौ १७
बेलडाँडी गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार । बलात्कारको आरोपमा जनक खड्का र भानु विष्ट पक्राउ ।

–२०७५ भदौ ३०
बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कृत । बलात्कारको आरोपमा एकजना पक्राउ । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पक्राउ गरिएको थियो ।

 

 

VIEWS: 302