अब सैनिकमाथि पनि अनुसन्धान गरिने

Monday, September 17th, 2018 |

असोज,१, दोलखा


निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा उच्च स्तरिय छानविन समितिले सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएको छ ।
घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनि नजिकै भएकोले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा अनुसन्धान गर्न सुझाव दिएको हो । बलात्कार पछि घाँटिको कर्ड न्याकेर निर्मलाको हत्या भएको रिपोर्टमा खुलेको छ ।
तालिम प्राप्त व्यक्तिले मात्रै यसरी हत्या गर्ने सम्भावना धेरै भएको हुँदा त्यहि आधारमा बाहिनिबाट त्यो दिन बाहिर निस्किएका सैनिक माथि पनि अनुसन्धान गर्न सुझाव दिएका छाँै, छानविन समितिका एक सदस्यले भनेका छन् ।
कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिक देखि मृतकका आफन्त सम्म अनेक कोणबाट अनुसन्धान भइरहेको बताए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

VIEWS: 231