मनुको नाईलनको साडीले यसरी तताउँदैछ, तीज बजार (भिडियो सहित)

Sunday, September 9th, 2018 |

२३ भदौ, काठमाण्डौँ । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा गायिका तथा मोडल मनु थामीको गितले बजार तताउन थालेको छ । नेपाली सांगितिक आकाशमा राम्रो स्थान बनाउँदै लगेकी मनुले हिम सम्झौता डिजिटल प्रालि मार्फत बजार ल्याएकी “नाइलानको सारी” बोलको तीज गितले रौनकता थपेको छ ।

तीजको रमझमसँगै उक्त गित सबैतिर गुन्जिरहेको छ । बर्ष दिनको चाड तीजमा सारा थकान भुलेर नाच्ने गाउने रमाउने बातावरण बनोस् भन्ने उदेश्यले यो गित बजारमा ल्याएको गायिका मनुले बताईन् । उक्त गीतको स्वरमा मनुलाई चर्चित गायक खुमन अधिकारीले साथ दिएका छन् ।
लाईलनको साडी गीतको लय तथा शब्द सिर्जना टंक कुमाकीले गरेका हुन् ।

नेपाली नारीहरुको पिडा, समस्या सहितको आवाजको प्रतिनीधित्व गरेको यो गित म्युजिक भिडियो मार्फत थप मनोरञ्जन लिन सकिन्छ ।

म्युजिक भिडियोमा हिमाल के.सी., सन्जिब ठकुरी, रिना थापा र प्रियांका श्रेष्ठको उत्कृष्ट अभिनय छ । भिडियोको निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) गरेकी हुन् भने छायांकन प्रकाश धमलाले गरेका छन् ।

हेर्नुस् नाईलनको साडी (म्युजिक भिडियो)

https://www.youtube.com/watch?v=5rbc19d0DBE&feature=youtu.be

VIEWS: 630