मुस्ताङ र मनाङको प्रतिनिधिसभामा एमालेको जित

Friday, December 8th, 2017 |

२२ मंसिर, काठमाडौं । नेकपा एमालेले मुस्ताङ र मनाङमा प्रतिनिधिसभातर्फ विजय हाँसिल गरेको छ । मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए ।

यता मनाङमा पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मत अन्तरले पराजित गर्दै एमालेका गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।

यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए ।

VIEWS: 208