नेपाली माईकल ज्याक्सनले ल्याए “लेट मि लभ यु” (हेर्नुस् भिडियो)

Friday, February 7th, 2020 |

२४ माघ, दोलखा । नेपाली माईकल ज्याक्सनको नामले परिचित कलाकार रेवन सापकोटाले लेट मि लभ यु नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफैले निर्देशन गरेको म्युजिक भिडियोमा सापकोटालाई अभिनयमा क्रिष्टिना राईले साथ दिएकी छन् ।

नेपाल आईडलका पवन गिरीको स्वरमा सजिएको गितमा कल्याण सिंहले कम्पोज गरेका छन् भने रवि मल्लले निरिक्स भरेका छन् । म्युजिक भिडियोको एरेन्जरमा विकास भुजेल, कोरियोग्राफमा रुमन थापा, रेशन लगाएत कलाकारको भुमिका छ ।

हालै हाईलाईट नेपालको युट्व च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियोले राम्रै भ्युअर्स पाएको छ । यो सापकोटाको पहिलो म्युजिक भिडियो हो । आफ्नो कलाको माध्यमबाट सापकोटा नेपाल भ्रमण वर्ष सफल पार्ने अभियानमा क्रियाशिल छन् ।

VIEWS: 1072