सुनखानीमा ट्याक्टर दुर्घट्ना हुँदा तीन जना घाईते

Friday, February 7th, 2020 |

२४ माघ, दोलखा । दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ स्थित सित्कामा ट्याक्टर दुर्घट्ना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा स्थानीय ३५ वर्षिया दुर्गा पाठक, चालक ३५ वर्षिय रमेश पौडेल र कालिञ्चोक गाउँपालिका ७ तोरिखेतका ५० वर्षिय खड्गध्वज राउत रहेका छन् ।

उनीहरु सबैको टाउकोमा चोट लागेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये दुर्गाको सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने अन्य दुई जनालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौँ रिफर गरिएको छ । उनीहरुलाई उपचारका लागि काठमाण्डौँ स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ ।

सिंगटी क्रसरबाट गिटी लोड गरी सित्खातर्फ जाँदै गरेको ना ५ त ६५०६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । ट्याक्टर सडकबाट १० मिटर तल खसेको छ ।

VIEWS: 1407