यस्तो छ, नेकपाले पारित गरेको ११ बुँदे समसामयिक प्रस्ताव

Sunday, February 2nd, 2020 |

१९ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकले ११ बँुदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । काठमाण्डाँैको राष्टिय सभागृहमा सम्पन्न दोस्रो पुर्ण बैठक ११ बुँदे प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो ।

बैठकले काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, आगामी तीन महिना भित्र पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने, उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यको न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको हयोग गर्न र शुभेच्छुकबाट सहयोग जुटाउने प्रस्ताव अनुमोदन गरेको छ ।

यस्तै बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने, एमसीसी विवाद समाधान गर्न समिति गठन गर्ने, बैठकमा पेश राजनीतिक र संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा महत्वपुर्ण निर्णयहरु गरेको छ । बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले संगठनात्मक एवं विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधान संशोधन सँगै सचिवालय सदस्य बामदेव गौतम उपाध्यक्ष चयन भएका छन् । त्यसैगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेताहरु प्रदिप ज्ञवाली र भिम रावल सदस्य रहेको समिति गठन गरेको छ । समितिलाई एमसिसिबारे धारणा बनाउन १० दिनको म्याद दिइएको छ ।

VIEWS: 546