उच्च भेगमा बाक्लो हिमपात, दोलखा ‘आईस टुरिजम′को गन्तव्य बन्दै

Friday, January 3rd, 2020 |

१८ पुष, दोलखा । पर्यटकिय जिल्ला दोलखाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा बाक्लो हिमपात भएसँगै आन्तरिक पर्यटकमा खुसियाली छाएको छ । प्रसिद्ध कालिञ्चोक, खरिढुंगा, शैलुंग, च्योर्दुंग लगाएतका क्षेत्रमा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । शुक्रवार दिउँसोबाट सिजनको दोस्रो पटक सुरु भएको हिमपातले पर्यटक आवागमन बढ्ने हुँदा व्यवसायी उत्साहित छन् ।

कालिञ्चोकको कुरी स्थित त्रिपुरा रिर्सोटका संचालक चन्द्र कुमार लामाले टाढाबाट कालिञ्चोक भ्रमणमा आउने पर्यटकलाई सहजताका लागि अग्रिम बुकिंग सहित समयमै हिड्न सुझाव दिए । पर्यटक बर्ष प्रारम्भ भएको केही दिनमै हिमपात भएपछि जिल्लामा थप पर्यटक भित्रिने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

लामाका अनुसार पुन हिमपात सुरु भएपछि भ्रमणका लागि काठमाण्डाँै लगाएतका स्थानबाट सम्पर्क गर्ने आन्तरिक पर्यटकको संख्या अत्याधिक छ । अत्याधिक चिसोका बावजुत पर्यटकहरु कालिञ्चोकमा रमाउने गरेका छन् । ३ हजार ८ सय ४२ मिटरको उचाईमा अबस्थित कालिञ्चोक सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीमा पर्दछ ।

VIEWS: 1501