सक्रान्ति मनाउन वनतरुल खन्ने क्रममा ढिस्कोले च्यापिएर मृत्यु

Tuesday, January 14th, 2020 |

२९ पुष, दोलखा । दोलखा भिमेश्वर नगरपालिका—२ मा तरुल खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । भिनपा—२, डोक्थलीका ८० वर्षिय बृद्ध काला भनिने बिर बहादुर थामीको मृत्यु भएको हो ।

स्थानीयका अनुसार माघे सक्रान्ति मनाउन नजिकैको जंगलमा वनतरुल खन्ने क्रममा माथिबाट खसेको ढुंगा सहितको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको हो ।

बनतरुल खन्ने भनि हिडेका उनी अबेरसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा ढुंगाले च्यापेको अबस्थामा फेला पारिएको हो । उनको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको छ ।

VIEWS: 924