भिमेश्वर नगरपालिकामा बन्नेभो ‘औद्योगिक ग्राम′

Tuesday, January 14th, 2020 |

२९ पुस, काठमाण्डौँ । दोलखाको भिमेश्वर नगरपालिकामा औधोगिक ग्राम बन्ने भएको छ । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले बन्ने औधोगिक ग्राम निर्माण गर्ने सम्झौतामा मंगलबार सम्झौता भएको हो । काठमाण्डौँमा मंगलवार अयोजिक एक कार्यक्रममा संघीय सरकारको तर्र्फबाट औद्योगिक ग्राम बनाउन ९२ लाख अनुदानको चेक हस्तान्तरण गरियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भिमेश्वर नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर र चेक हस्तान्तरण भएको मेयर भरत केसिले जानकारी दिए ।

सम्झौतापछि नगरपालिकाले आफ्नै स्रोतबाट दुई हप्ताभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गर्नुपर्नेछ । अध्ययनपछि तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्ने समझदारी पत्रमा उललेख छ । नगरपालिकाका प्रमुख प्रशासीय अधिकृत औद्योगिक ग्रामको फोकल पर्सनका रुपमा रहनेछन् ।

सम्झौता अनुसार नगरपालिकाले डीपीआर बनाउंदा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ को मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध हुने आधारमा तथा वातावरणीय संवेदनशीलता र जियो हाजार्डयुक्त क्षेत्रको पहिचान गरी आधार नक्सा तयार गर्नुपर्ने छ ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ) विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधार बनाइनुपर्ने सम्झौतामा उल्लेख छ । औद्योगिक ग्रामभित्र उद्योगका उत्पादन प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनुपर्ने छ ।

चालु आर्थिक वर्षभित्रै पूर्वाधार बनाउन सुरु गर्ने सरकारको तयारी छ । सरकारले कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउने उदेश्यले औद्योगिक ग्रामको अवधारणा ल्याएको हो ।

औद्योगिक ग्राममा बिजुली, पानी, बाटोका लागि वजेट संघीय सरकारले उपलब्ध गराउने छ भने स्थानीय तहले जग्गा र ग्रामको व्यवस्थापन गर्ने छ । औद्योगिक ग्रामभित्रको जग्गामध्ये ६० देखि ७० प्रतिशत जग्गामा मात्रै उद्योग स्थापना हुनेछ ।

VIEWS: 814