जबर्जस्ती करणीपछि १५ वर्षिया वालिका गर्भवती, अभियुक्त पक्राउ

Wednesday, December 18th, 2019 |

२ पुष दोलखा । दोलखा शैलुंग गाउँपालिका-४ मागापौवाकी एक सुस्तमनस्थिति किशोरी यौन हिंसाको शिकार बनेकी छन् । मागापौवाकी १५ वर्षिया बबिता कार्की (नाम परिवर्तन) लाई सोही स्थानका ४० वर्षीय भीमसेन भुजेलले यौन शोषण गरेका हुन् ।

जबर्जस्ती करणी पछि बालिकाको पेटमा गर्भ आएपछि घटना सार्वजनिक भएको हो । वालिका माथी भुजेलले पसलबाट सामान किनेर फर्कदै गर्दा नजिकैको सामुदायिक वनमा लगेर करणी गरेको अनुसन्धानले देखाएको छ।

घटनापछि पिडित वालिकाको आफन्तजनले किटानी जाहेरी दिएपछि भुजेललाई प्रहरीले पक्राउ गरि अदालत बुझाइसकेको छ ।

अदालतको आदेश अनुसार उनी कारागार चलान भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले जानकारी दिए ।

VIEWS: 758