मेलुङ गाउँपालिकाका १ हजार परिवारले पाए सोलारको उज्यालो

Sunday, September 1st, 2019 |

१५ भदौ, दोलखा । दोलखाको मेलुङ गाउँपालिका स्थित  पिछडिएका समुदायका १ हजार घरपरिवारले सोलार बत्ती पाएका छन् ।  गाउँपालिकाको पहलमा  बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले दलित तथा अतिसिमान्तकृत थामी समुदायका १ हजार घरपरिवारलाई सोलार बत्ती बितरण गरेको हो ।

गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठ र बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका प्रतिनिधिले आइतबार एक कार्यक्रमका बीच सोलार बत्ती लाभग्राहिहरुलाई प्रदान गरे । सोलार बितरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले सोलारको सदुपयोग गरि लाभ लिन लाभग्रहिलाई आग्रह गरे ।

गाउँपालिकाको ८ वटै वडाका दलित र थामी समुदायको बिपन्न र बत्तीको पहुँच नपुगेका घरपरिवार छनौट गरि २० वाट क्षमता बराबरको सोलार बितरण गरिएको हो ।  गाउँपालिकाले सोलारका लागि गत आर्थिक बर्षनै बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा प्रस्ताव पेश गरेको थियो ।

सोलार प्राप्त गरेपछि उज्यालो पाएको भन्दै दलित तथा थामी समुदायका लाभग्राही परिवारले खुसी व्यक्त गरेका छन् ।

VIEWS: 1106