जुंगुका पहिरो पीडितहरुका लागि प्रवासमा रहेका युवाहरूले जुटाए आर्थिक सहयोग

Wednesday, August 28th, 2019 |

११ भदौ, दोलखा । दोलखाको गौरीशंकर गाउपालिका वडा नम्बर १ र २ का पहिरो पीडितहरुको राहत र पुनःस्थापनाका  लागि प्रवासमा रहेका नेपालीहरुबाट सहयोग जुटेको छ ।  अष्ट्रेलिया, जापान र दुवईमा रहेका दोलखाली युवाहरुको अगुवाईमा जुटेको  २ लाख ९६ हजार ४ सय २२ रुपैयाँ आर्थिक सहयोग आज एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग रकम दोलखा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रमका बीच दोलखाली समाज युएईका पुर्व उपाध्यक्ष पुष्कर अधिकारी, पूर्णवहादुर थापा र राजेश थापाले  गौरीशंकर गाउपालिका उपाध्यक्ष उर्मिला थामीलाई हस्तान्तरण गरे । पूर्वराज्य मन्त्री एवँ नेकपा दोलखाकी ईन्चार्ज देवी खड्का र प्रदेश सभाका सांसद विशाल खड्काको उपस्थितिम पहिरो पीडितहरु  लागि जुटेको रकम हस्तान्तरण गरिएको हो । दोलखा घर भइ हाल अष्ट्रेलिया रहेका बिष्णु थापा, राजकुमार खड्का र बिष्णु थापाको अगुवाईमा १ लाख २७ हजार ३ सय ३० रुपैया, दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाईमा १ लाख र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेल लगाएको अगुवाईमा ४१ हजार ५ सय ९२ र लोकप्रसाद दाहालको अगुवाईमा २७ हजार ५ सय ५ रुपैयाँ रकम सङ्कलन भएको थियो ।

सहयोग रकम गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ का वडा अध्यक्षहरुको नाममा  सँचालित राहत कोषमा जम्मा हुनेछ ।

VIEWS: 481