तामाकोशी तेस्रोको क्षमता घटाईएको बारे उर्जामन्त्रीले दिए यस्तो प्रष्टिकरण

Tuesday, August 13th, 2019 |

२८ साउन, काठमाण्डौ । उर्जामन्त्री वर्षमान पुनले तामाकोसि तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाउनेबारे मन्त्रालयले आधिकारिक रुपमा कुनै निर्णय नगरेको प्रष्टिकरण दिएका छन् । दोलखाका सांसद, पुर्व मन्त्री, नेता, सरोकार समिति सहितको प्रतिनिधिमण्डलले मंगलबार आयोजनाको क्षमता घटाईएको बारे गम्भिर ध्यानाकर्षण गराएपछि मन्त्री पुनले आयोजनाको क्षमता ६ सय ५० मेगावाटनै रहेकोमा आशंका नगर्न आग्रह गरे ।

लगानी सम्झौता कार्यक्रममा आफुलाई तारान्तार बोलाईएपछि आफु उपस्थित भएको स्वीकार गर्दै उनले त्यसबखत आयोजनाको क्षमता घटाउनेगरी केही कुरा नभएको उल्लेख गरे । आफु व्यस्त हुदाहुदैपनि तारान्तार आग्रह गरिएपछि लगानी भित्रिने कुरालाई सकारात्मक रूपमा लिएर कार्यक्रममा गएर शुभकामना दिएको हु, सरकारको लगानीमैत्री पोलिसी छ भनेको हु, तर आयोजनाको क्षमता थपघट गर्ने जस्ता प्राबिधिक विषयमा कुनै जानकारी भएन, अनविज्ञता प्रकट गर्दै उनले भने ।

दोलखा जिल्लावासिको चासो र स्पीडमा आफुपनी सहमत रहेको भन्दै उनले आयोजनाको क्षमता बारे मन्त्रालय सचेत रहेको बतए ।

६ सय ५० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा सिमित गर्नेगरी सम्झौता भएको समाचार सार्बजनिक भएपछि दोलखामा त्यसको चर्को बिरोध भैरहेको छ । सोही विषयमा मंगलबार प्रतिनिधि सभा सांसद पार्बत गुरुङको पहलमा जिल्लावसिको प्रतिनिधिमण्डलले उर्जामन्त्री पुन र मन्त्रालयका उच्च अधिकरीहरुको ध्यानाकर्षण गराएको हो ।

टोलिमा संघीय सांसद गुरुङ, शान्ति पाख्रीन, ३ नम्बर प्रदेश सभा सांसद पशुपति चौलागाईं, रचना खड्का, सरस्वती बस्नेत, हिमाली गोले, सहभागी थिए । यसैगरी पुर्वमन्त्री आनंद प्रसाद पोखरेल,  देवि खड्का, गङगा कार्की, सरोकार समिति संयोजक शिव प्रसाद भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख डबल पान्डे,  नेकपा जिल्ला अध्यक्ष इस्वरचन्द्र पोखरेल, सेक्रेटरी गोपाल पान्डे, भिमेश्वोर नगरपालिकाका मेयर भरत केसि, लगाएत पनि टोलिमा सहभागी भएका थिए ।

पर्यटन मन्त्रीसंग पनि भेटघाट

जिल्लाको प्रतिनिधिमण्डलले मंगलवारनै नवनियुक्त संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संग पनि भेट गरेको छ । भेटमा टोलिले नवनियुक्त मन्त्री भट्टराईलाई वधाइ तथा शुभकामना दिनुका साथै दोलखा जिल्लाको पर्यटन बिकास र योजनाको सन्दर्भमा ध्यानाकर्षण गराएको थियो ।

VIEWS: 1538