टीबीआई होल्डिङ्सलाई दिईएको तामाकोशी तेस्रोको लाईसेन्स खारेज हुनुपर्छ–सांसद गुरुङ

Tuesday, August 13th, 2019 |

२८ साउन, काठमाण्डौ । दोलखाका संघिय सांसद पार्वत गुरुङले तामाकोशी तेस्रो जलविद्युुत आयोजना निर्माणका लागि टीबीआई लाई दिईएको लाईसेन्स खारेज गर्न माग गरेका छन् । नेकपा केन्द्रिय सदस्य समेत रहेका सांसद गुरुङले टीबीआई होल्डिङसले आयोजना निर्माण गर्नेमा आशंका जन्मिएको भन्दै लाईसेन्स खारेज गर्न माग गरेका हुन् ।

उर्जामन्त्री वर्षमान पुन, मन्त्रालयका सचिव लगाएतका उच्च अधिकारीहरुसग मंगलवार सिंहदरवार स्थित मन्त्रालयमा भएको भेटमा उनले टिबीआईको लाईसेन्स खारेज गरेर नया लाईसेन्सका लागि प्रक्रिया अघि बढाउन समेत आग्रह गरे ।
लगानी बोर्डबाट खोसेर नियम विपरित गौरबको आयोजनाको अनुमति टिबीआई होल्डिङस्को नाममा सुरक्षित गर्नु, आयोजनाको क्षमता घटाउने समाचार आउनुका पछाडी चलखेल भएको हुनसक्ने आशंका पनि उनले व्यक्त गरे ।

“टीबीआईले पवित्र गतिविधिबाट लाईसेन्स प्राप्त गरेको छैन, आशंका गर्दै गुरुङले भने बिभिन्न बहानामा लिंगरिङ गर्ने र झोलामा खोला राख्ने प्रवृत्तिको अन्त्यका लागि लाईसेन्स खारेज हुनुपर्छ ।” लगानी बोर्ड ऐतमा ५ सय मेगावाट क्षमता माथिका आयोजनालाई बोर्ड मार्फत कार्यान्वयन गर्ने व्यवस्था भएपनि उर्जा मन्त्रालय आफै टिबीआईलाई लाईसेन्स प्रदान गरेको थियो ।

भेटमा पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल, तामाकोसि तेस्रो आयोजना सरोकार समितिका संयोजक शिव प्रसाद भण्डारी, आयोजना स्थल तामाकोसि गाउपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसि लगाएतले क्षमता घटाएर कुनैपनि हालतमा आयोजना बन्न नदिने भन्दै साविककै क्षमतामा निर्माण गर्न ध्यानाकर्षण गराए ।

VIEWS: 2772