लोकसेवा आयोगको बिज्ञापन विरुद्धमा सडकमा उत्रिए आदिबासी जनजातिहरु(फोटो फिचर सहित)

Thursday, June 13th, 2019 |

जेठ-२९,काठमाडौं ।
साझाबोलि सम्बाददाता – संघिय गणतन्त्र नेपालको संविधान बिपरित लोकसेवा आयोगले निकालेको विज्ञापन समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत जारी आन्दोलनको आज दोस्रो दिन पनि आदिवासी जनजाति महासंघले बिरोध प्रदर्सन गरेको छ ।

दोस्रो दिन बृहत प्रदर्शनमा उत्रिएका आदिवासी जनजातिले संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’ मुल नारासाथ आदिवासी/मुलबासी/जनजातिहरु विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग सहित प्रदर्शनमा उत्रिएका थिए ।

संघिय गणतन्त्र नेपालको संविधान बिपरित लोकसेवा आयोगले समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत जारी आन्दोलनको नेत्रित्व गर्दै महासंघको उपाध्यक्ष एबम् प्रबक्ता नविन रोका मगर ज्युले भन्नुभयो यो सरकारले संघिय गणतन्त्र नेपालको संविधान बिपरित लोकसेवा आयोगले समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्म सहितको विज्ञापन हुनुपर्ने माग गर्दै आन्दोलनको नेत्रित्व गर्दै लोक सेवाआयोगले गरेको विज्ञापन खारेज हुनुपर्ने माग राखेका छन् । ‘संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’ नारासहित विरोध प्रर्दशन गरेका हुन् । ‘हामी प्रारम्भिक चरणमा राज्यको ध्यानाकर्षण गराउन सडकमा उत्रिएका हौं,’ संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु परेको उल्लेख गर्दै महासंघका उपाध्यक्ष एबम् प्रबक्ता नविन रोका मगर भन्नुभयो ‘राज्य सरकारले सुनुवाई नगरेसम्म आन्दोलन जारी रहन्छ । साथै आदिवासी जनजाति महासंघका प्रबक्ता नबिन रोका मगर ज्यु ले आन्दोलनको नेत्रित्व गर्दै सभाको सम्बोधन गर्दै भन्नुभयो राज्यसत्ताद्वारा पछाडि पारिएका र धेरथोर आरक्षणको व्यवस्थाद्वारा लाभाञ्वित हुँदै आएका आदिवासी जनजाति, मधेशी, दलित, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रका जनताको तर्फबाट सो विज्ञापन किमार्थ स्वीकार्य नरहेको जानकारी गरानुभयो । संविधान र ऐन, कानूनविपरीत बदनियतपूर्वक गरिएको विज्ञापनलाई तुरून्त फिर्ता लिई एकल जातिवादी र नश्लवादी वर्तमान सरकारले लिएको यसखाले विभेदकारी र त्रुटीपूर्ण निर्णय अविलम्ब खारेज गर्न जोड्दार यहि आन्दोलनवाट अपिल गर्नुभयो। संविधानमा व्यवस्था भएबमोजिम समानुपातिक समावेशी सिद्धान्तबमोजिम आरक्षणसहितको विज्ञापन हुनुपर्ने स्पष्ट पार्दछौं। यस सम्बन्धमा सरकार र आयोगले बलजफ्ती रूपमा प्रक्रिया अघि बढाएको खण्डमा हामी सदन, सडक र देशैभरि आन्दोलन÷संघर्षको आँधीबेरी सिर्जना गर्न बाध्य हुने प्रष्ट पार्दछौं र सोबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार नेपाल सरकार हुने आन्दोलन नेत्रित्वकर्ता नविन रोका मगर ज्युले उद्घोष गर्नुभयो।

एकल जातिवादी राज्यसरकारको विभेदकारी यस निर्णय र व्यवहारको आ–आफ्नो ठाउँबाट विरोध जनाउन र प्रतिरोध गर्न गराउन आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रसँग जोडिएका सम्पूर्ण संगठनहरू, राजनीतिक दलभित्रका मोर्चा÷घटकहरू, सम्पूर्ण सीमान्तकृत जनतालगायत न्याय, समानता, समता, मानवअधिकारको पक्षधर र सबैखाले विभेदको अन्त्य चाहने आम नेपाली जनतामा सहयोग एवं समर्थन सहित बृहत प्रदर्शनमा उत्रन निर्देशन दिनुभयो।

बिराेध कार्यक्रममा आदिवासी/मुलबासी/जनजातिको तर्फबाट मगर, शेर्पा, राई, लिम्बु, तामाङ, छन्त्याल ,नेवार, थामी लगायतका राष्ट्रिय संगठनका मूल नेतृत्वहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियो ।

आयोगले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो।नेपाल मगर सघ प्रदेस समिती प्र.नं. ३ नेवा ताम्सालिङ्ग मगरात,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय तामसालिङ मञ्च नेपाल, चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्थुङ, नेपाल मगर संघ केन्द्रिय समिती,बुधबारको प्रदर्शनमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । जसमा मधेसी समुदाय लगायतका विभिन्न जातीय सङ्घ, सङ्गठनहरू विरोध प्रर्दशनमा सहभागी थिए ।
बृहत आन्दोलनमा सम्बोधन राजपाका माननिय सभासद प्रमोद शाह, थरुहट आन्दोलनका अगुवा लक्ष्मणसिंह थारु, संघिय लिम्वुवान पार्टीका अध्यक्ष कुमार लिङ्गदेन बोल्नुभएको थियो भयो नेपाल मगर संघका केन्द्रिय अध्यक्ष एवम नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा प्रवक्ता नविन रोका मगर ‘मगरात’ नेत्रित्वमा माईतीघर मण्डला हुदै वानेश्वरमा सम्वोधन गरि समापन गर्नुभयो ।

बिराेध कार्यक्रममा आदिवासी/मुलबासी/जनजातिको तर्फबाट मगर, शेर्पा, राई, लिम्बु, तामाङ, छन्त्याल ,नेवार, थामी लगायतका राष्ट्रिय संगठनका मूल नेतृत्वहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियो ।


VIEWS: 1188