दोलखाली समाज युएइ बाट नेपाल पत्रकार महासंघ दोलखालाई आर्थिक सहयोग

Thursday, May 30th, 2019 |

जेष्ठ,१५-दोलखा


साझाबोली सम्बाददाता- दोलखाली समाज युएइ ले नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माण कार्यको लागि महासंघ ले आयोजना गरेको गणतान्त्रिक बनभोज को अबसर पारि आर्थिक सहयोग गरेको छ!
बिदेशमा रहदा रोजगारिको शिलशिलामा आइपर्ने समस्यालाई केही हद सम्म भए पनि समाधान गर्ने उद्देश्यले स्थापना भएको दोलखाली समाज युएले महासंघलाई र.२५,०००/- सहयोग गरेको छ। सहयोग रकम दोलखाली समाज युएइ का निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा बर्तमान दोलखा संयोजक पुष्कर कुमार अधिकारी र निवर्तमान सचिव तथा बर्तमान दोलखा सह संयोजक नितेश कुमार थामी द्वारा महासंघ का अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरिएको छ।
आफुले गरेको आम्दानी बाट केही रकम छुट्याएर बनिरहेको पत्रकार महासंघ को भवन निर्माण को निमित सहयोग गर्न पाँउदा दोलखाली समाज युएइ मा आवद्ध सम्पुर्ण दोलखाली हरु अत्यन्तै खुसी भएको र आगामी दिन मा पनि यस्ता सामाजिक काममा अग्रसर हुन सकियोस, अध्यक्ष नवराज बस्नेत बताउनु हुन्छ।
बिदेशमा रहेर या बिदेशबाट फर्किएर नेपालमा नै केही गरौँ भन्ने उद्देश्य का साथ लागि पर्नु भएका साथिहरुले यसरी भवन निर्माण को लागि सहयोग गर्दा आफू लागाएत नेपाल पत्रकार महासंघ दोलखा अत्यन्तै खुसी तथा आभारी रहेको र आफ्नो कर्तव्य प्रती दृढ रहने अध्यक्ष जीवन लामाले प्रतिबद्धता जनाउनु भएको छ!!

VIEWS: 625