यसरी टुंगियो भियतनाममा ट्रम्प र किमबीचको वार्ता

Thursday, February 28th, 2019 |

१६ फागुन, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच दोस्रो चरणमा भएको बार्ता बिना निष्कर्ष टुंगिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा वार्ता भएको थियो । ह्वाईट हाउसका अनुसार दुई नेताको वार्तामा कुनै साझा समझदारी बन्न सकेन ।

ह्वाईट हाउस अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच फेबु्रअरी २७ र २८ मा भएको बार्ता अत्यन्त राम्रो र सिर्जनात्मक भने भएको छ । दुई नेताबीचको छलफलमा आणविक निशस्त्रीत्रकरण र आर्थिक एजेन्डामा छलफल भएपनि ठोस समझदारी नबनेको हो ।
यो वार्ताका लागि उत्तर कोरियाली नेता ४ हजार किलोमिटरको ट्रेन यात्राबाट भियतनाम पुगेका थिए ।

अमेरिकाले आफ्नो प्रतिस्पर्धी मुलुक उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गराउन प्रयास गर्दै आएपनि उत्तर कोरियाले अमेरिका र अन्य राष्ट्रबाट सुरक्षा खतरा रहेसम्म आफ्नो आणविक कार्यक्रम जारी राख्ने रणनिति बनाएको छ ।
यसअघि गत जुनमा ट्रम्प र किमबीच पहिलोपटक सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो ।

VIEWS: 538