पर्यटनमन्त्री अधिकारिको अन्तिम संस्कार पोखरामा गरिने

Thursday, February 28th, 2019 |

फाल्गुन,१६,साझाबोली सम्बाददाता,काठमाडौं


हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखरामा गरिने उनको पारिवारिक स्रोतले जनाएको छ।

मन्त्री अधिकारी सहित ७ जनाको शव सुकेटार विमानस्थल ल्याइए पनि खराव मौसमका कारण त्यहाँबाट काठमाडौं ल्याउन सकिएको छैन। त्यस्तै मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन राजधानीको टुँडिखेलमा व्यवस्था मिलाइएको नेकपाले जानाएको छ। टुँडिखेलमा श्रद्धाञ्जली पश्चात उनको शवलाई अन्तिम संस्कारका लागि उनको गृह जिल्ला कास्की, पोखरा लगिने अधिकारीको पारिवारिक श्रोतले जनाएको हाे।

भोली मिती २०७५ ।११ ।१७ गते मानानीय कमरेड रबिन्द्र अधिकारीको अन्त्यस्टी हुने भएका ले निम्न अनुसार सुचना जारी गरिएको छ ।

(१) पोखरा प्रदर्शानी केन्द्र नयाँवजारमा अन्तिम सम्मान सहित श्रध्दाञ्जलि अर्पण गर्ने। त्यस पश्चात शवयात्रा हुनेछ। शवयात्राको प्रस्ताबित बाटो नया बजार – महेन्द्रपुल – रानी पौवा – हस्पिटलचोक हुँदै राम घाट मा राजकिय सम्मान साथ अन्त्यस्टी गरिने ।

(२ ) १९ गते प्रदेशका सबै जिल्लाहरुले शोका सभाको अायोजना गर्ने। १३ दिन भित्र गाँउ पालिकाहरुमा शोक सभा गर्ने।

(३) ३ दिन सबै पार्टी कार्यलय को झन्डा आधा झुकाउने।(४) कास्कीमा उपरोक्त कामहरुको ब्यबस्थापन कास्की जिल्ला पार्टीले प्रदेश कमिटी/ प्रदेश सरकार संग समन्बय गर्दै गर्ने।

 

 

 

VIEWS: 479