भ्रष्टाचार बिरुद्ध मा चरिकोटमा खुल्ला कबिता बाचन प्रतियोगिता सम्पन्न

Sunday, December 9th, 2018 |

मङ्सिर-२३, दोलखा


अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर दोलखाको चरिकोटमा भ्रष्टाचार विरुद्ध अन्तर्गत हुराडेक नेपाल दोलखा, मानब अधिकार संगठन र विष्णु लक्ष्मी साहित्य पुरस्कार समितिको आयोजनमा खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा भिमेश्वर नगरपालिका का मेयर भरत बहादुर के.सि. ले दुई तिहाई बहुमत सरकार भएको अवस्थामा भ्रष्टचार न्युन भएको महसुुस भएता पनि नितिगत रुपमा भ्रष्टचार भइरहेको हुँदा यसलाई नितिगत रुपमा नै समाधान गनृुपर्ने आजको आवश्यक्ता भएको बताउनु भएको छ । जसको लागि देशका सबै क्षेत्रबाट लागि परिरहेको यो अवस्थामा भिमेश्वर नगरपालिका मा पनि सेवा सुविधा लिने सेवाग्राहि बाट कुनै पनि कर्मचारीले घुस लिन खोजेको खण्डमा तरुन्त आफूलाई जानकारी दिन समेत आग्रह गर्नु भएको छ ।

कविताको माध्यमबाट देश सुशासन एवम भ्रष्टचार मुक्त बन्न सकोस भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हुराडेक नेपाल दोलखाका उपाध्यक्ष उद्धव पोखरेलले बताउनु भयो ।
कार्यक्रमा दोलखाका थुप्रै कविहरुद्धारा भ्रष्टाचारको विरुद्धमा आफ्नो कृतीहरु बाचन गरिएको थियो । जसमध्ये कवि रविन्द्र ढुंगेल प्रथम, कवि राजन वस्नेत द्धितिय, कवि यूवराज ढुंगेल तृतिय र कवि धनराज तामाङ सान्त्वना विजेता भएका थिए ।

VIEWS: 1119