दोलखामा सर्बाधिक राशीको ‘प्रथम प्रकाश स्मृती कप’ फुटवल प्रतियोगिता हुने

Sunday, October 14th, 2018 |

२८ असोज, दोलखा । स्वर्गिय साकार दाहाल (प्रकाश) को स्मृतिमा पहिलो पटक दोलखामा सर्बाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । प्रकाश पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा हुन् । उनकै स्मृतिमा पहिलो पटक दोलखामा ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगता आगामी मँसिर १ गतेदेखि ७ गतेसम्म दोलखा सदरमुकाम चरिकोटमा हुनेछ । पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम) को आयोजना र दोलखा जिल्ला फुटवल सँघको सह–आयोजनामा प्रगियोगिता हुन लागेको हो । सदरमुकाम चरिकोट स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा १२ वटा टिम सहभागि हुने प्रतियोगिताका कार्यक्रम संयोजक मिन कुमार शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार सहभागि टिमलाई खाना र बस्न समेतको व्यवस्था हुनेछ । नेकपा अध्यक्ष प्रचण्डकै प्रमुख अतिथ्यतामा प्रतियोगिताको उद्घाटन हुने निश्चित भएको छ, त्यसका लागि आवश्यक मुलभुत तयारी पनि पुरा भएको छ, चरिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा शिवाकोटीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय ,तृतिय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ३०,३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ ।

यसैगरी प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिईने छ । प्रतियोगिताको सह–आयोजक दोलखा जिल्ला फुटवल सँघका अध्यक्ष गोविन्द श्रेष्ठले प्रतियोगिताको व्यवस्थापकिय जिम्मेवारी संघले लिएको भन्दै टुँडिखेल मैदानको मर्मतरसम्हारको काम समेत गरिने जानकारी दिए ।

प्रतियोगिताको समापन खानेपानी तथा सरसफाई मन्त्री समेत रहेकी स्वर्गिय प्रकाशकी धर्मपत्नी विना मगरले गर्ने बताईएको छ । प्रतियोगिताको पहिलो र अन्तिम समापनको दिन जेवी टुहुरे, चेतन सापकोटा, माण्डवी त्रिपाठी लगाएत ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डका एकमात्र पुत्र प्रकाशको २०७४ साल मँसिर ३ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।

VIEWS: 1998