विदेशमा हुने उपचार खर्च अब सरकारले नब्यहोर्ने

Thursday, September 13th, 2018 |

२८ भदौ, काठमाडौँ । विदेशमा हुने उपचार खर्च सरकारले नब्यहोर्ने गरी कानुनी व्यवस्था गर्ने तयारी भएको छ । सरकारले संसद्‌मा पेश गरेको जनस्वास्थ्य सम्बन्धी विधेयकमा बैदेशिक उपचारवापत खर्च उपलब्ध नहुने गरी परिमार्जित बिधेयक तयार भएको हो ।

संसदको शिक्षा र स्वास्थ्य समितिले बैदेशिक उपचार वाफत खर्च उपलब्ध नहुने गरी तयार पारेको परिमार्जित विधेयक संसदमा पेश भएको छ ।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ विद्येयकमा भनिएको छ ।

सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था पनि विद्येयक प्रतिवेदनमा थप गरिएको छ।

परिमार्जित विद्येयकले कुनै अस्पतालले अर्को विस्तारित अस्पताल खोल्न समेत खुला गरेको छ। उक्त प्रावधानले स्वास्थ्य संस्थाले उपलब्ध स्रोतसाधन र जनशक्तिको आधारमा आवश्यकता अनुसार सेवा विस्तार गर्न सक्नेछन् ।

VIEWS: 495