तामाकोशीमा भदौ २१ गतेसम्म सेयर आवेदन गर्न सकिने

Thursday, August 30th, 2018 |

१४, भदौ, दोलखा । माथिल्लो तामाकोसि जलविद्युत आयोजनामा दोलखा जिल्लाबासिले यही भदौ २१ गतेसम्म सेयरका लागि आवेदन दिनसक्ने भएका छन् ।

जिल्ला समन्वय समिति दोलखाको सिफारिस र माथिल्लो तामाकोशी जलबिद्युत आयोजना प्रवद्र्धक कम्पनी (अपर तामाकोशी हाईडो पावर लिमिटेड) को आग्रह बमोजित धितोपत्र बोर्डले म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि शेयर आवेदनका लागि भदौ १४ अर्थात आजसम्मको समयसिमा निर्धारण गरिएको थियो । एक साताको म्याद थप गरिएसँगै यही २१ गतेसम्म संकलन केन्द्रहरुमा गई सेयरको आवदेन गर्न सकिनेछ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले संकलन केन्द्रहरुमा अत्याधिक आवेदकहरुको चाप कायमै रहेका कारण म्याद थप भएको जानकारी दिए । आयोजनाले दोलखा जिल्लावासीका लागि ३० कित्ता देखि अधिकतम तीन सय कित्ताको सिमा राखेर १ अर्व ५ करोड ९० लाख बराबरको सेयर जारी गरेको छ ।

VIEWS: 2395