छाङ्दु र जिरी नगरबीचभगिनी सम्बन्ध स्थापनागर्ने आधार निर्माण

Thursday, August 23rd, 2018 |

शरद सापकोटा,
भाद्र,
चीनको तिब्बत स्थित छाङ्दु नगरपालिका र दोलखाको जिरी नगरपालिकाबीचभगिनी सम्बन्धकायमगर्ने बिषयमाआधारभूतप्रक्रिया सम्पन्नभएको छ । जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेलले छाङ्दु कम्युनिष्ट पार्टीकाअध्यक्षआबुसँग भेटघाट गरी जिरीको विशेषता र वास्तविकताको बारेमा सविस्तार सुनाएपछि आबु स्वयं जिरीप्रतिउत्सुक र सकारात्मक रुपमा प्रस्तुतभएकाथिए । छाङ्दु कम्युनिष्ट पार्टीकाअध्यक्षआबु छाङ्दु सहरलाई तीनबर्षमै नाटकीय ढंगले परिवर्तन गरेर चीनमाचर्चित ब्यक्तिको रुपमाचिनिदै आएका छन् । साथै राष्ट्रपति सि जिनपिङसँग निकट सम्बन्धभएकाले पनिउनीचिनियाँ कम्युनिष्ट पार्टीकाप्रभावशालीब्यक्ति मानिन्छन् ।
यसैगरी शिष्टाचार भेटघाटकै क्रममा छाङ्दु नगरपालिकाकाउपमेयर वाङ्दोयको नेतृत्वमाविभागीयप्रमुख सहितविभिन्नबिषयकाअधिकृतहरुसँग संयुक्तऔपचारिक बैठक बसी मेयर जिरेलले नेपाल र तीब्बतबीचको प्राचीन सम्बन्ध, नेपालकी राजकुमारी भृकुटी र तीब्बतका राजा स्रङचङ गम्पोको इतिहासलाई जोडेर नयाँ सम्बन्धगाँस्नुपर्ने कुरा बताएपछि छाङ्दु नगरको समग्र टोली यो सम्बन्धलाई गाँसेरै छाड्ने मनस्थितिमापुगेको छ । जिरी र छाङ्दु बीच धेरै कुरामा समानताभएपनिप्राकृतिक स्रोतकाहिसाबले जिरी निकै अगाडि रहेकाले चाँडैनै जिरीको मुहार फेर्न सकिने चिनियाँ टोलीले विश्वास राखेको छन् ।
नगर स्तरीय तहबाट गर्नुपर्ने प्रक्रियागतकामहरु पूरा भैसकेपछि जिरीको वास्तविकताबुझ्न चिनियाँ टोली नेपालआएर स्थलगतअध्ययनगर्नेछ । चिनियाँअध्ययन टोलीको भ्रमण पछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्र तहका नेताहरु र नेपाल सरकारकाप्रतिनिधिहरुको रोहवरमाद्विपक्षीय सम्बन्धकायमगर्ने हस्ताक्षर भएपछि अन्य सम्पूर्ण विकास निर्माण र सहयोगका बाटाहरु खुल्ने जनाइएको छ ।
जिरीकाप्रतिनिधिहरुलाई चिनियाँप्राचीन र आधुनिककला शैली, औद्योगिकविकास, सहरी विकासकाप्रक्रिया, संस्कृति, स्थानीयउत्पादनआधुनिक सहर निर्माणका डकुमेन्ट्री, ग्रामीण विकासको अवस्था, गुम्बाको संरक्षण र विकास, आधुनिकपार्क निर्माण शैलीलगायतकाबिषयमाअवलोकन गराईएको थियो । यो भ्रमण निकै फलदायीभएको, आफूहरुजिरी नगर विकासकालागिझनै उत्साहितभएको र सिकेका कुरालाई जिरी नगरपालिकामातत्कालै लागू गर्ने मेयर टंक जिरेल र उपमेयर कृष्णमाया बूढाथोकीले प्रतिक्रियादिनुभएको छ ।

 

VIEWS: 860