साँस्कृतिक पर्वको विदा कटौती गर्नु परिवर्तनको उपहास– गुरुङ

Monday, April 2nd, 2018 |

१९ चैत्र । काठमाण्डौँ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष नर बहादुर गुरुङले साँस्कृतिक पर्वको विदा कटौती गरेर सरकारले आदिवासि जनजाति समुदायको अस्तित्व समाप्त पार्न खोजेको बताएका छन् । ल्होसार, माघी, उधौली उभौली लगायतलाई सार्वकनिक बिदा कटौती गर्नु आदिवासी जनजातिहरुको साँस्कृतिक पहिचान माथिको आक्रमण मात्र नभई परिवर्तनको उपलव्धीको उपहास समेत गरिएको उनले बताए ।

काठामाडौंमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले विगतका शासकहरुले एकल जातिय शासन लादेजस्तै अहिलेको सरकारपनि त्यसतर्फ उद्धत देखिएको आरोप लगाए । “हिजोका शाषकहरूले आदिवासीहरूको भाषा संस्कृति हरण गरेर हिन्दुकरण गरिए जस्तै अहिलेको शासकहरूले समेत सार्वजनिक बिदा हटाउनु आदिवासीहरूको अस्तित्व र पहिचान स्वीकार नगर्नु हो उनले भने ।″ माओवादी केन्द्रका नेता समेत रहेका गुरुङले विगतदेखि गुरुङ समुदायको सँस्कृतिको गम्भिर अध्ययन गर्नुका साथै आदिवासीहरूको मानव अधिकारको पक्षमा काम गर्दै आएका छन् ।

उत्पिडित समुदायकै संघर्षको बलमा अहिलेको उपलव्धी सम्भव भएको चर्चा गर्दै उनले आदिवासीहरूको अस्तित्व र पहिचान माथि हस्तछेप गरे अहिलेको राजनितिक दल र सरकारप्रति जनविश्वास गुम्न सक्ने खतरा रहेको समेत औँल्याए । “तत्काल कटौती भएको आदिवासीहरूको चाडपर्वलाई सार्वजनिक बिदाको रुपमा पुनः मान्यता दिन र आदिवासीहरूलाई नचिड्याउन सुझाब दिन चाहान्छौँ उनले भने त्यसो नगरिए बामपन्थी सरकारको भविष्य दुखद हुन सक्ने खतरा छ ।”

VIEWS: 1857