थामी समुदाय विश्वसँग जोडिँदै

Monday, April 16th, 2018 |

३ चैत्र, काठमाण्डौँ ।


नेपालको अतिसिमान्तकृत जातिमा सुचीकृत थामी समुदायको नामबाट अनलाईन न्यूज पोर्टल संचालनमा आउने भएको छ । आमसंचारमाध्यमको क्षेत्रमा काम गर्दै आएको साईनो मल्टिमिडियाको व्यवस्थापनमा पहिलो पटक थामी समुदायलाई लक्षित गरी थामी अनलाईन संचालनमा आउन लागेको हो ।

हाल कोड एप्स नामक आईटी कम्पनीले अनलाईन डिजाईनको काम गरिरहेको छ । आईटी कम्पनीका संचालक प्रभाकर थामीले एकसाताभित्रै अनलाईन डिजाईनको काम सकिने जानकारी दिए । उनका अनुसार अनलाईनको गुणस्तरियताका लागि सबैखाले आधुनिक प्रबिधिको अधिकतम प्रयोग गरिनेछ । “अनलाईनको आधारभुत काम लगभग सकिएको छ, उनले भने, आगामी दिनमा अनलाईनलाई थप प्रभाबकारी र आकर्षक बनाउन उच्च गुणस्तरको डाटा सर्भरहरु प्रयोगमा ल्याईनुका साथै आधुनिक प्रविधिको प्रयोग गरिनेछ ।”

उक्त अनलाईनमा विशेषगरी थामी समुदायसँग सम्बन्धित गतिविधि र विषयबस्तु प्रमुखताका साथ प्रकाशनमा ल्याईने छ । साथै अन्य सामाग्रीहरु पनि महत्वका साथ पस्किने साईनो मल्टिमिडियाले जनाएको छ । साईनो मल्टिमिडियाका सञ्चालक लक्ष्मण थामीले सुचना, प्रबिधि र ईन्टरनेट अनलाईनको अधिकतम उपयोग गरी पिछडिएको थामी समुदायको परिचय विश्वसामु स्थापित गर्नु अनलाईन संचालनको उदेश्य रहेको बताए ।

सुचना प्रबिधिको अभुतपुर्व विकासले संसारलाई साँघुरो बनाएको छ, तर ईन्टरनेटमा खोज्दा थामी समुदाय भेट्न अझै गाह्रो छ, त्यसैले समुदायको वृहत्तर हितका खातिर यो अनलाईन संचालन गर्न लागिएको हो, उनले भने । उनका अनुसार थामी समुदायसँग जोडिएका हरेक गतिविधि, ऐतिहाँसिक किंवदन्ती, आर्थिक, सामाजिक, सामाजिक, राजनीतिक लगाएत समग्र पाटापक्ष अनलाईनको समाचार, विचार÷विश्लेषण र बहसको विषय बन्नेछन् ।

अनलाईनको केही सातापछि औपचारिक उद्घाटन गर्ने तयारी छ । सबै सरोकारवालाहरुसँग थप छलफल, अन्तरक्रिया गरी अनलाईनसँगै अन्य मिडियालाई समेत एकिकृत गरी संचालन गर्ने तयारी भैरहेको व्यवस्थापन पक्षले जनाएको छ ।

VIEWS: 1722