त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना(भिडियो सहित)

Monday, March 12th, 2018 |

काठमाडौं-त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेका थिए ।

नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए ।

त्यसमा ३३ जना नेपाली नागरिक थिए ।

अन्य विदेशी नागरिक हुन् ।

अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए ।

अहिलेसम्म २५ जनाको उद्धार गरिएको छ ।

उनीहरुलाई अस्पताल पुर्राइएको छ ।

VIEWS: 844