चीनको जनसंख्या कति पुग्यो ? (हेर्नुस् तथ्यांक)

Thursday, January 18th, 2018 |

४ माघ । काठमाण्डौँ । सबैभन्दा बढि जनसंख्या रहेको चीनमा सन् २०१७ को अन्त्यसम्ममा १ अर्ब ३९ करोड ८० हजार पुगेको छ । बेइजिङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय तथ्यांक व्यूरोले यो तथ्यांक सार्वजानिक गरेको हो । विभागका प्रमुख निङ ची चलेका अनुसार

यो संख्यामा हङकङ, मकाउ, ताइवान र विदेशमा रहेका प्रवासी चिनियाँलाई समावेश गरिएको छैन । जनसंख्या नियन्त्रणमा चीनले निकै कडा नीति लिंदै आएको छ । सन् १९७८ देखि लागू गरिएको एक सन्तानको नीति दुई वर्ष अगाडि हटाइएको थियो ।

यसैगरी चीनमा गत वर्ष सन् २०१७ मा आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुगेको छ । विगत सातवर्षदेखि निरन्तर घट्दै गएको चिनियाँ वृद्धिदर गत वर्ष चाहिँ बढेको हो । गत वर्ष चीनको कूल गार्हस्थ उत्पादन ८२७ खर्ब चिनियाँ युआन पुगेको छ । यो अघिल्लो वर्ष सन् २०१६ को तुलनामा ६।९ प्रतिशतले वृद्धि भएको हो । सन् २०११ पछि पहिलोपटक चीनको वृद्धिदर अघिल्लो वर्षको भन्दा बढेको हो । व्यूरो प्रमुख निङ ची चले पत्रकार सम्मेलनमा बताए अनुसार सन् २०१७ मा चीनको अर्थतन्त्र स्थिर हुँदै अनुमानभन्दा राम्रो भएको हो ।

सन् २०१७ मा चिनियाँ नागरिकको औसत आम्दानी २५ हजार ९ सय ७४ युआन पुगेको छ । यो अघिल्लो वर्ष सन् २०१६ को तुलनामा ७.३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष चीनले इस्पात र कोइलाको वार्षिक उत्पादन क्षमतालाई घटाउने काम गरेको थियो । वातावरण प्रदूषणलाई नियन्त्रण गर्नका लागि केही उद्योगको उत्पादन क्षमता घटाए पनि आर्थिक वृद्धिमा निकै सकारात्मक भएको बताइएको छ ।

VIEWS: 1207