दोलखाली युवा नवराज खड्काद्धारा निर्देशित सडक नाटक ‘विकल्पमा पात्र’

Sunday, December 24th, 2017 |

विनोदकुमार खड्का, काठमाडौं


अभियानद्वारा चेतनाका लहरहरु’ (अचेल)नाट्य समुहले सडक नाटक ‘विकल्पमा पात्र’ प्रस्तुत गरेको छ।

हिजो पशुपति क्षेत्र स्थित कैलाश चौरमा “राम्रोलाई भन्दा हाम्रोलाई”प्राथामिकता दिने सामाजिक प्रवृति झल्किने नाटक ‘विकल्पमा पात्र’ प्रस्तुत गरेको हो ।

उक्त सडक नाटकमा राम्रो अकंका साथ परिक्षा उर्तीण गरेका युवाहरुले रोजगारी नपाउने तर थोरै अंकका साथ परिक्षा उर्तीण भएकाहरुले रोजगारी पाउने सन्दर्भमाथि व्यङग्य प्रहार गरेको थियो ।

नाटकमा राम्रो अकंका साथ परिक्षा उर्तीण गरेका एक युवक सागरलाई मुख्य पात्र बनाइएको थियो। आफ्नो योग्यताको प्रमाण पत्र बोकेर रोजगारीको लागि भौतारिएको सो युवकले विभिन्न बाहनामा रोजगारी नपाएको, परिवार र आफन्तबाट अपहेलित भएको, रोजगारी खोज्ने क्रममा भौतारिँदा आत्महत्या गर्ने प्रयास गरेको तर विदेशमा काम गर्न पाउने अवसर छभन्ने सुनेपछि खुुसी हुँदै नाटक सकिएको थियो ।

उक्त नाटक दोलखाली युवा नवराज खड्काले परिकल्पना तथा निर्देशन गरेका थिए। राम्रोलाई भन्दा हाम्रोलाई प्राथामिकता दिने सामाजिक प्रवृतिप्रति देखाएको र योग्यता हुँदाहुँदै पनि रोजगारको लागि विदेशमै जानुपर्ने हो त भन्ने प्रश्न गर्न खोजेको निर्देशक खड्काले बताए ।

उक्त नाटकमा सागर कान्छो,सोनिका कुँवर, नमस्ते दिवाकर घिमिरे, रमिता कार्की, रविन खड्का, सौगात बस्नेत, रुपेश मगर, आकृती खड्का, विजेन शाह, रोहन श्रेष्ठ, विपन कार्की, सरोज पराजुली, प्रेमथापाको अभिनय रहेको थियो।

VIEWS: 520