सामाजिक अभियानसँगै निर्वाचन प्रचारमा होमिए रहबर अन्सारी

Thursday, November 16th, 2017 |

२१ –कात्तिक । काठमाण्डौँ । पर्सा प्रदेशसभा क्षेत्र नम्वर १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका रहबर अन्सारी निर्वाचन प्रचार अभियानमा होमिएका छन् ।

स्थानीय तह निर्वाचनमा विरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार बनेका रहबर प्रदेशसभाको निर्वाचनमा पनि उम्मेदवार बनेका हुन् । मेयरमा उम्मेदवारी दिएर चर्चाको शिखरमा पुगेका अन्सारीले प्रदेशसभाको निर्वाचनमा पनि उम्मेदवारी दिएपछि केहीदिन यता चुनावी प्रचार अभियानलाई तिव्रता दिएका हुन् । उनले सामाजिक अभियानसँगै चुनावी कार्यक्रम पनि अघि बढाएका हुन् ।

यो विचमा उनले पर्सा र भोजपुरमा बलात्कृत किशोरीहरुको न्यायका लागि सुरु गरिएको अभियानमा सक्रिय सहभागिता जनाएका छन् । यस्तै रक्तदान लगाएतका सामाजिक सेवाको कार्यक्रममा सहभागिता जनाएपछि अन्सारीले विहिवारबाट निर्वाचन प्रचार अभियानमा केन्द्रित छन् ।

मेयरको चुनावमा ८ हजार ३ सय ५ मत ल्याएका अन्सारी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार भएका हुन् । वीरगंजमा आफ्नो आवश्यकता नागरिकले महशुस गरेकाले आफुले पुन उम्मेदवारी दिएको उनले बताए ।
रहबरले बाजी मार्लान ?

निर्वाचन क्षेत्र नं १ को प्रदेश सभाका ‘क’ मा वीरगंज महानगरका १० वटा वडा रहेका छन् । यसमा रहवर अन्सारीको वडासमेत रहेको छ । स्थानीय तहको चुनावको परिणामलाई हेर्ने हो भने एमाले माओवादी गठबन्धन केही मतले अगाडि देखिन्छ । महानगरका वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा एमाले माओवादी गठबन्धनले ६ हजार ४ सय ९५ मत प्राप्त गरेको देखिन्छ ।

नेपाली कांग्रेसले ५ हजार ९ सय ७३ मत प्राप्त गरेको थियो भने संघीय समाजवादी फोरम नेपालले ५ हजार ९ सय २४ मत प्राप्त गरेको थियो । राजपा र संघीय समाजवादी फोरमको गठबन्धको मत जोड्दा ८ हजार हुने देखिन्छ । तर राजपामा आएको फुट बिभाजन र राजीनामाले गर्दा त्यो भोट फोरममा जाने आधार कमजोर देखिएको जानकारहरु बताउँछन् । अन्सारी परिचित र चर्चित उम्मेदवार भएकाले उक्त मत उनले आकर्षित गर्नसक्ने अनुमान गरिएको छ ।

VIEWS: 228