बाम गठबन्धन दोलखाले राजधानीबाट सुरु गर्यो चुनावी अभियान

Friday, October 27th, 2017 |

१० कात्तिक, काठमाण्डौँ । दोलखाको संयुक्त बाम गठबन्धनले राजधानी काठमाण्डौँबाट चुनावी अभियान सुरु गरेको छ । काठमाण्डौँ स्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका संघिय सम्पर्क मञ्चको छुट्टाछुट्टै बैठक, भेला तथा प्रशिक्षण पछि शुक्रबार संयुक्त अगुवा कार्यकर्ता भेलाको आयोजना गरी चुनावी अभियान सुरु गरिएको हो ।

राजधानीको एक पाटी प्यालेसमा आयोजित कार्यक्रमलाई बाम गठबन्धनका तीनै जना उम्मेदवार र शिर्ष नेताहरुले सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरुले बाम गठवन्धनको विजयलाई अब कसैले रोक्न नसक्ने उद्घोष गरे । कार्यक्रमलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार पार्वत गुरुङ, प्रदेशसभा क्षेत्र नम्वर क का उम्मेदवार विशाल खड्का र प्रदेशसभा क्षेत्र नम्वर ख का उम्मेदवार पशुपति चौलागाईले मंसिर १० गतेको निर्वाचनमा जित निश्चित भएको भन्दै अब अत्याधिक मतका साथ विजयी गराउन मतदाताहरुलाई आग्रह गरे । बामपन्थी एकता प्रक्रियालाई सार्थक बनाउन दोलखाबाट नयाँ सन्देश दिने बताउँदै उम्मेदवार तथा नेताहरुले निर्वाचनका क्रममा प्रतिस्पर्धी पार्टीबाट हुनसक्ने अवान्छित गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

bam p ktm-sajhaboli

काठमाण्डौ संम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमलाई माओवादी नेता गंगा कार्की विश्व, एमाले नेता तथा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, पुर्वराज्य मन्त्री तथा माओवादी जिल्ला ईन्चार्ज देवी खड्का, एमाले बैकल्पिक केन्द्रिय सदस्य रचना खड्का, लगानी वोर्डका सदस्य बालकृष्ण शिवाकोटी, शंकर लामा, पुर्व महान्यायधिबक्ता मुक्ति प्रधान, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगाएतका नेताहरुले सम्वोधन गरेका थिए ।

शनिबार दुबै पार्टीको जिल्ला कमिटिको छुट्टाछुट्टै बैठक बसेर आईतबार संयुक्त बैठक बस्ने बाम गठबन्धनको तयारी छ । सोही बैठकले गाउँगाउँमा चुनावी अभियानको योजना बनाउने माओवादी दोलखाका संयोजक गोपाल पाण्डेले जानकारी दिए ।

VIEWS: 1556