मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगको असन्तुष्टि, भन्यो ः निर्णय सच्याउ

Tuesday, September 19th, 2017 |

३ असोज, काठमाडौं । निर्वाचन आयोगले पछिल्लो मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै सच्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मन्त्री परिषद विस्तार निर्वाचन आचारसंहिता विपरित रहेको निष्कर्ष निकाल्दै सच्याउन आग्रह गरेको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । यो निर्णयले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्व बमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अबमूल्यंन हुने र निर्वाचन अचारसंहिता प्रतिकुल हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आग्रह गर्दछ’ ।

VIEWS: 243