प्रदेशसभा र केन्द्रिय संसदको निर्वाचन मंसिरमा गर्ने सरकारको निर्णय

Monday, August 21st, 2017 |

५ भदौ । काठमाण्डौँ । प्रदेश र केन्द्रिय प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिरमा हुने भएको छ । सोमबार सिंहदरवारमा वसेको मन्त्री परिषदको बैठकले आगामी मंसिर १० गते एकैपटक दुवै निर्वाचन गर्नेगरी मिति घोषणा गरेको हो ।

सुचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले सरकारले गरेको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराईएको जानकारी दिए । उनका अनुसार सरकारले एकै पटक दुवै निर्वाचन गर्ने तय गरेपनि निर्वाचन कति चरणमा गर्ने भन्नेवारे निर्वाचन आयोगले नै अन्तिम निर्णय गर्नेछ ।

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा

मन्त्री परिषद बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको राजकिय भारत भ्रमणका एजेण्डाहरुलाई पनि अनुमोदन गरेको छ । बैठकले भ्रमणका क्रममा पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत विभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गर्ने लगाएतका एजेण्डा तय गरेको हो ।

त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैया ५० करोड, पञ्चेश्वर वहुउद्देश्यि आयोजना र सन् १९५० को सन्धिका असर र प्रभाव तथा दुईपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशिय रेल सेवा सञ्चालन, वाणिज्य व्यापार तथा लगानी लगायत विषय भ्रमणका क्रममा प्राथमिकतामा राखिने छ ।

यसैगरी भूकम्प पुर्ननिर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम उपलव्ध गराउन भारतको ध्यानाकर्षण गराईने भएको छ । प्रधानमन्त्री देउवाले बुधबार भारतको औपचारीक भ्रमण गर्ने कार्यक्रम छ ।

VIEWS: 188