दोलखामा वन्यजन्तुको चोरी शिकारी रोकिएन, अखटोपहार सहित पुनः एक व्यक्ति पक्राउ

Friday, July 28th, 2017 |

१३, श्रावण । दोलखा । दोलखा भिमेश्वर नगरपालिका ९ का एक पुरुष वन्यजन्तुको विभिन्न अखटोपहार सहित पक्राउ परेका छन् । दोलखा भिमेश्वर नगरपालिका ९, जसमन्ते निवासि बम बहादुर श्रेष्ठ आफ्नै घरबाट वन्यजन्तुको अखटोपहार सहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) को सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र खरिढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खनतलासि गरेको थियो । श्रेष्ठको घरबाट प्रहरीले लुकाई छिपाई राखेको अबस्थामा संरक्षित चितुवाको ढाडको भागको हड्डी १ थान, सोहीको सुकुटी बनाएको मासु १५० ग्राम, दुम्सीको दाँत सहितको दाह्रा १ थान, दुम्सीको काँडा १२५ थान र दुम्सीको भुडी बरामद गरेको जनाएको छ ।

चितुवाको छाला सहित भक्तपुरबाट पक्राउ परेका एक व्यक्तिमाथि प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईवीले गरेको अनुसन्धानबाट श्रेष्ठले वन्यजन्तुको शिकारी र अखटोपहार बेचविखत गर्ने गरेको खुलेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कारवाहीको लागी जिल्ला वन कार्यालय दोलखामा बुझाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

यसअघि सिआईवी टोलीले बिहिवार मात्रै भक्तपुरबाट दोलखा घर भएका एक जना व्यक्तिलाई पक्राउ गरेको थियो ।

VIEWS: 228