अदालतबाट आयोग्य घोषित भएपछि पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा

Friday, July 28th, 2017 |

१३ साउन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन् । त्यहाँको सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै उनले राजीनामा दिएका हुन् । सरिफले प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी थियो ।

पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन आर्जन गरेपनि सम्पत्ति विवरणमा सार्वजानिक नगरेको खुलासा गरेको थियो । सोही विषयलाई आधार मानेर विपक्षी दलका नेता ईमरान खान लगाएतले उनी विरुद्ध दायर गरेको मुद्धामा सर्वोच्चले दोषी ठहर गरेको थियो ।

प्रधानमन्त्री शरीफ सहित उनकी छोरी र छोरी ज्वाइँलाई सर्वोच्चको पुर्ण ईजलासले दोषि ठहर गरेको छ । शरीफ परिवारले भने कालो धन आर्जन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

VIEWS: 181