दोलखाली छोरोको गितले बनायो सर्बाधिक लोकप्रियको रेकर्ड, दुई करोड भन्दा वढि हेरियो

Friday, June 30th, 2017 |

१६ असार । दोलखा । दोलखाली छोरो संगितकार तथा गितकार राजनराज शिवाकोटीको गितले नयाँ रेकर्ड वनाएको छ । शिवाकोटीको शब्द, संगीत र स्वर रहेको ‘सुर्के थैली खै’ बोलको गीतले सर्वाधिक लोकप्रिय गितको रेकर्ड वनाएको हो ।

उक्त गितको भिडियोलाइ युटुबमा २ करोड भन्दा बढी पटक हेरिएको छ । यो गीतमा शिवाकोटीसँगै अञ्जु पन्त र राजु विश्वकर्माले पनि स्वरमा साथ दिएका छन् । नेपाली गीतलाई युट्युबमा यति धेरै दर्शकले हेरेको यो पहिलो रेकर्ड हो । चलचित्र ‘वडा नम्बर छ’मा राखिएको यो गीतको भिडियोमा कलाकारहरु दिपाश्री निरौला, दिपकराज गिरी, नियिका प्रियंका कार्की, केदार घिमिरे, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सर्वोधिक रुचाईएको गितवारे प्रतिक्रिया दिँदै शिवाकोटीले आफुलाई दर्शकले दिएको मायाँ ठुलो प्रेरणा रहेको वताए । उनले आउने दिनमा अझ उत्कृष्ट श्रृजना पस्कने पनि बताए । नेपालमा सर्बाधिक व्यापार गर्न सफल चलचित्र ‘छक्का पञ्जा’ मा रहेको ‘पूर्व पश्चिम रेल’ बोलको गीतपनि शिवाकोटीले नै संगित गरेका हुन् । उक्त गितलाई पनि युट्युबमा १ करोड ६१ लाख पटक हेरिएको छ
शिवाकोटीले नै संगित गरेको अर्को गित कुटुमा कुटुपनि युट्युबमा सार्वजानिक गरिएको छ । सो गितलाई छोटै समयमा ६९ लाख भन्दा वढि दर्शनले हेरिसकेका छन् । कुटुमा कुटु वोलको गित रिलिज हुन वाँकी चलचित्र दुई रुपैयाँ मा राखिएको गित हो ।

दोलखा भिमेश्वर नगरपालिका १ सुस्पाक्षमावती घर भएका युवा गायक तथा संगितकार शिवाकोटीले संगित गरेका पछिल्ला गितहरु सर्वाधिक लोकप्रिय बनिरहेका छन् । २०५९ सालमा मायालु आउने जाने बाटोमा वोलको गितवाट सांगितिक यात्रा सुरु गरेका उनले विभिन्न विद्याका ६ सय भन्दा बढि गितहरु बजारमा आईसकेका छन् ।

VIEWS: 1003