प्रमुख निर्वाचन आयुक्तको स्पष्टोक्ति ः भरतपुरमा पुनः मतदान कानुनसम्मत

Thursday, June 22nd, 2017 |

८ असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरको वडा न. ९ मा पुनः मतदान गर्ने निर्णयको वचाउ गरेका छन् । उनले पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको जिकिर गरे ।

स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय भएको उनले स्पष्ट पारे । प्रमुख आयुक्त यादवले कुन अवस्थामा पुनः मतगणना वा मतदान गर्ने भनेर कानुनमै उल्लेख गरिएको र त्यस अनुसार निर्णय लिन आफूहरु सक्षम रहेको वताए ।

काठमाडौंमा बिहिवार आयोजित कार्यक्रममा एक कार्यक्रममा बोल्दै यादवले मुख्य निर्वाचन अधिकृत आफै कानुनको ज्ञाता भएकाले पनि उनीहरुले दिएको सुझावलाई मान्न निर्वाचन आयोग बाध्य हुने उल्लेख गरे ।

निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको यादवको भनाई छ ।

VIEWS: 38