नलसिङगाड जलविद्युत आयोजनाका बिषयमा अध्ययन गर्न उपसमिति गठन गर्ने लेखा समितिको निर्णय

Monday, April 3rd, 2017 |

६ चैत्र, काठमाडौं । नलसिङ गाड जलविद्युत आयोजनाका बिषयमा अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आईतबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले उक्त आयोजनाको इन्जिनियरिङ सर्वेक्षण, डिजाईन तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन तथा परामर्शदाता छनौटमा अनियमितता भएकोबारे छानवीन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको अर्को बैठकले उपसमितिका सदस्यहरु चयन गर्नेछ । उपसमितिलाई एक महिना भित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको छ । समितिको बैठकमा आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले खरिद नियमावलीको दफा ३७ अनुसार परामर्श दाता छनौट गरिएको बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले आयोजनाको परामर्श दाता छनौट गर्दा आर्थिक चलखेल भएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

VIEWS: 136