कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

Monday, April 3rd, 2017 |

ललित सिहं बझाङ्ग ८ चैत्र । निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागेको ६५ मेघावाट क्षमताको कालंगा जल बिद्युत आयोजना को निमार्ण कार्य सुरु भएको छ । बझाङको बुङगल क्षेत्रमा पर्ने कालंगा गाडमा संचालन गरिएको कालंगा हाईडोपावर जलबिद्युत आयोजनाको एक कार्यक्रम गरि निमार्ण कार्यको काम सुरु गरिएको हो ।हाईडोपावरमा सबै लगानि निजि क्षेत्र बाट भईरहेको छ ।भने तिन बर्ष भित्र सम्पन गर्न हुने योजनामा साढे तिन किलोमीटर नहर सुरुङ्गमार्ग बाट संचालन गरिएको छ । भएको पानीको स्रोत सबै खेर गई रहेको छ देशमा लोड सेङ्गि बढि रहेको छ खेर गएको पानीलाई सदउपयोग गरि देशलाई अध्यारोमुतm बनाउन माच्छापुच्छे , एनएनबि बैक, सिबिल बैक लगाएतका बिभिन्न १० वटा बैकंहरुसंग ऋण लगानी सम्झौता गरि काम संचालन गरिएको आयोजमाका प्रमुख उमेश श्रेष्टले बताए ।

उनले भने अब मदेश र कलकारखाना बाट हैन पहाडको पानी बाट पैसा उत्पान गरि खाडिमुलकमा रोजगारि गरिएका युवालाई रोजगारी दिन समेत योजनाको लक्ष रहेको छ । बिकास निमाणको मुख्य मेरुदण्डको रुपमा रहेको बिद्युतमा लगानि गरि सुदुरपशिचम मात्र उज्यालो हैन देश भरि नै उज्यालो बनाउन बझाङ्गको कालंगामा ६५ मेगावाट बिद्युत उत्पानद गर्न लागेको संचालक खगेस्वर बोहराले बताए । उनले भने कम्पनीले दुई सय रोपनी जग्गा खरिद गरेको छ देशकौ नमुनाको रुपमा पहिलो पटक साढे तिन किलोमीटर जमिन मुनिबाट सुरु मार्गगमा बनाए नहर निमार्ण गरिएको छ । बिदेशीको लगानीमा निमार्ण हुने अन्य आयोजना भन्दा यो नमुनाको रुपमा संचालन गरिने छ । जलबिद्युत आयोजनाका निर्माणका लागी बैकंहरुले ७५ प्रतिशत लगानी र स्थानियका लागी १० प्रतिसत शेयर बितरण गरिनुका साथै १५ प्रतिशत प्रतिष्ठत ब्यापारीको लगानी रहने भएको छ ।

VIEWS: 94