हङकङले नेपाललाई दियो २१५ रनको लक्ष्य

Monday, April 3rd, 2017 |

काठमाडौं, चैत १७ – इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले  २१५ रनको लक्ष्य पाएको छ । बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१४ रन बनायो ।

नेपालका अविनाश कर्णले तीन तथा भुवन कार्की, सुशन भारी र ज्ञानेन्द्र मल्लले समान दुई दुई विकेट लिए । यस्तै सन्दिप लामिछानेले एक विकेट लिए । हङकङका लागि अंशुमन राथले ५१, क्यामरुन म्याकुलसेनले ४३ तथा वाक्कस खानले ३० रन बनाए ।

यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो । नेपाल पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो ।

एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो । यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

VIEWS: 100