रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता कार्यकर्ता पक्राउ

Monday, April 3rd, 2017 |

२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।

पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

VIEWS: 92