घाइतेको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा

Monday, April 3rd, 2017 |

२१ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा सुख्खाा पहिरोमा परेकाहरुको उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

घटनाको जानकारी पाए लगत्तै निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् । उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।

घाइतेको उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ ।

VIEWS: 115