चौथो कृषि यन्त्रीकरण प्रदर्शनीमा नेपाली कृषि यन्त्रपनि प्राथमिकतामा

काठमाडौँ, अश्विन ११
आउदो मसिर ६ गते देखी ९ गते सम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा सञ्चालन हुन लागिरहेको चौथो कृषि यन्त्रीकरण प्रदर्शनीमा नेपाली कृषि यन्त्रहरुपनि प्राथमिकताका साथ प्रदर्शनीमा राखिने भएको छ ।
शुक्रवार भएको पत्रकार सम्मेलन कार्यक्रमलाई संवोधन गदै नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा यन्त्रीकरण प्रदर्शनीका संयोजक खोजराज कटुवालले पत्रकारहरुको प्रश्नलाई संवोधन गदै यस वर्षको प्रदर्शनीमा नयाँ विषयको रुपमा नेपालमा नै उत्पादन भएका कृषि यन्त्र तथा उपकरणको छुटुटै पेभिलियन बनाउने तयारी आयोजकले गरेको जानकारी दिए ।
हाल सम्मको कृषि यन्त्रीकरण पर्दशनीमा आयातित कृषि यन्त्रहरुका मात्र वाहुल्यता रहदै आएको भएपनि यसपटक भने जति संख्यामा भएपनि नेपालमा उत्पादन भएका कृषि यन्त्रको प्रदर्शनीका लागि छुट्टै पेभिलियन राख्न लागिएको संयोजक कटुवालले जनकारी दिए ।
कार्यक्रमा कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रर्वद्धन केन्द्रका प्रमुख प्रकाश कुमार सञ्जेलले पछिल्लो समय संघियतामा गैसके पछि निर्माण भएको कृषि क्षेत्रको संरचना अनुसार कृषि यन्त्रको प्रयोग र नेपालमा यसको खपतको विषयमा एकिन तथ्यांक लिन केहि समस्या भएको तर यस सम्बन्धमा केन्द्रले आगामि दिनमा योजना बनाइ काम गर्ने तयारी गरेको जानकारी दिए ।
“कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नारा राखिएको यस प्रदर्शनीमा २० भन्दा धेरै मुुलुकका २ हजार भन्दा धेरै प्रकारका कृषि यन्त्र तथा उपकरण राखिने आयोजकले जनाएको छ ।
मेलामा एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण यन्त्रहरु तथा ति यन्त्रहरु कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि विशेष जानकारी दिने व्यवस्था मिलाउने आयोजकको भनाइ छ ।
पर्दशनी कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र भूमी व्यबस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ सहित नेपाल कृषि मेशिनरी व्यवसायिक संघको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो ।