९० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह हुन्छ
शिवराम प्रसाद कोइराला
कार्यकारी प्रमुख
साना किसान लघुवित्त विकास वित्तिय संस्था लिमिटेड
साना किसान लघुवित्त विकास वित्तिय संस्था लिमिटेडले नेपाली किसानलाई कसरी सेवा प्रदान गर्दै आएको छ ?
यो संस्था नेपाली कृषि क्षेत्रमा काम गर्ने साना किसानहरुको जिवनस्तरमा सुधार गर्नका लागि साना किसान कृषि सहकारी संस्थाहरूमार्फत लागानी, तालिम तथा उनिहरूको सशक्तिकरणका लागि स्थापना भएको संस्था हो । यो संस्थाको इतिहास कृषि विकास बैँक सँग जोडिएको छ । २०५० साल तिर कृषि विकास बैँक मार्फत साना किसान विकास आयोजना नामको एक आयोजना सरकारले सञ्चालन गरेको थियो । यो आयोजनाले साना किसानलाई सस्तोदरमा कर्जा प्रवाह गर्दथ्यो तर कर्जा प्रवाह गर्दै जाँदा किसानहरूबाट कर्जा असुलीमा समस्या तथा व्यक्तिगत कृषकहरूसँग काम गर्न कठिन भएकाले यो परियोजना बन्द भइ स्थानिय निकायहरुलाई हस्तान्तरण भयो जुन २१२ वटाको संस्थामा रहेका थिए तिनै संस्थाहरूलाई पनि सहकारी ऐन अन्तर्गत साना किसान कृषि सहकारी संस्थाको नामबाट २०५८ सालदेखि साना किसान बैँकलाई हस्तान्तरण गरी ति सहकारीहरूमा रहेका सदस्यहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि कर्जा प्रवाह गर्नेगरी काम शुरुभयो ।
संस्थाले आफ्नै पहलमा साना किसान कृषि सहकारी संस्था स्थापनाको काम पनि गर्दछ यसरी संस्था स्थापना गर्दा केहि मापदण्ड सो संस्थाले पुरा गरेको हुनुपर्दछ,जसमा ३७५ जना सदस्य अनिवार्य रुपमा हुनुपर्ने, ९५ प्रतिशत महिला हुनुपर्ने र ३ वर्ष देखी लगातार नाफामा जानुपर्ने आदी रहेको छ । हाल स्थानिय स्तरमा ७० जिल्लामा ९ सय भन्दा धेरै साना किसान कृषि सहकारीहरूसँग यस वित्तिय संस्थाले काम गर्दै आएको छ । संस्थाले किसानका लागि कृषि कर्जा प्रवाह गर्न साना किसान कृषि सहकारीलाई ५ प्रतिशत व्याजदरमा थोक कर्जा दिन्छ र सो कर्जा कृषि सहकारीले ९ प्रतिशत व्याजदर सम्ममा किसानलाई प्रवाह गर्छन्
यस संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत कसरी किसान स्तरमा कर्जा प्रवाहको काम गर्दछ ?
संस्थाले साना किसान कृषि सहकारी संस्थालाई त्यस संस्थामा आवद्ध सदस्यहरूको आर्थिक क्षमता विकासका लागि विभिन्न किसीमको थोक कर्जा प्रवाह गर्दछ, जुन कर्जा ति संस्थाहरुले थोरै संस्था सञ्चालन खर्च राखेर आफ्ना सदस्यहरुलाई प्रवाह गर्दछ । यसरी प्रवाह हुने कर्जामा ९० प्रतिशत भन्दा धेरै कृषि कर्जा नै हुन्छन् । संस्थाले आफ्नै पहलमा साना किसान कृषि सहकारी संस्था स्थापनाको काम पनि गर्दछ यसरी संस्था स्थापना गर्दा केहि मापदण्ड सो संस्थाले पुरा गरेको हुनुपर्दछ,जसमा ३७५ जना सदस्य अनिवार्य रुपमा हुनुपर्ने, ९५ प्रतिशत महिला हुनुपर्ने र ३ वर्ष देखी लगातार नाफामा जानुपर्ने आदी रहेको छ । हाल स्थानिय स्तरमा ७० जिल्लामा ९ सय भन्दा धेरै साना किसान कृषि सहकारीहरूसँग यस वित्तिय संस्थाले काम गर्दै आएको छ । संस्थाले किसानका लागि कृषि कर्जा प्रवाह गर्न साना किसान कृषि सहकारीलाई ५ प्रतिशत व्याजदरमा थोक कर्जा दिन्छ र सो कर्जा कृषि सहकारीले ९ प्रतिशत व्याजदर सम्ममा किसानलाई प्रवाह गर्छन् । त्यसैगरी अन्य किसीमको कर्जाहरूयस संस्थाले कर्मशियल बैँकहरुसँग १२.५ प्रतिशतमा लिएर साना किसान सहकारी मार्फत १४ देखी १५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दछ । त्यसैगरी पशुपालन गर्ने किसानका लागि ७० प्रतिशत रकम संस्थाले लगानी गर्ने गरी साना किसान सहकारी मार्फत प्रवाह गर्दछ । यि सबै काम हाम्रो ११ वटा सम्पर्क कार्यालयहरूमार्फत पनि हुन्छ ।
यो संस्थाको संयोजकत्वमा विगत ७ वर्ष देखी युवाहरूकृषि तालिमका लागि इजरायल पठाइदै आएको छ, ति युवाहरूनेपालमा आई कति मात्रमा नेपालमा कृषि क्षेत्रमा लागेका छन् ?
हो हाम्रो यस संस्थाको संयोजकत्वमा नेपाल सरकार र इजरायल सरकार विच भएको सम्झौता अनुरुपमा साना किसान कृषि सहकारीमा आवद्ध युवाहरूमध्ये छनौट गरेर प्रत्येक वर्ष इजरायलमा कृषि तालिमका लागि पठाइदै आइएको छ । हालसम्म २७ सय भन्दा धेरै युवाहरूइजरायल गइ तालिम लिएर फर्कि सकेका छन् । यस वर्ष ४९० जना युवा फेरी पनि इजरायल जाँदैछन् । ति युवाहरूमध्ये नेपालमा आइ ७० प्रतिशत युवा कृषि काममा लागेका हाम्रो तथ्यांक छ ।
यो संस्थाले गर्दै आएको काममा सरकारले कस्तो सहयोग गर्दै आएको छ ?
संस्थाले गर्दै आएको काममा सरकारको नै सहयोग धेरै रहेको छ । साना किसानको क्षेत्रमा काम गर्ने गरी स्थापना भएको यो संस्थाले गर्ने हरेक काममा सरकारको सहयोग धेरै राम्रो रहेको छ । किसानले पशुपालन गरेका पशुवस्तुको विमा गर्दा प्रिमियममा ७५ प्रतिशत सम्म अनुदान दिएको छ । नेपाल सरकार कै सहयोग मा एशियाली विकास बैँकले यस संस्था मार्फत अबको केहि समय भित्र नै ग्रामिण उद्यम वित्त प्रोजेक्ट मार्फत साढे ५ अर्ब कर्जा सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।
संस्थाले प्रदान गरेको कर्जाको अशुलीदर कस्तो छ ? गत आ.वमा यस संस्था मार्फत कति रकम कर्जा प्रवाह भएको छ ?
संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत प्रवाह गर्ने थोक कर्जाको अशुलीदर धेरै राम्रो रहेको छ हाम्रो संस्थाको ९९. प्रतिशत कर्जा अशुलीदर रहेको छ भने साना किसान कृषि सहकारी संस्थाहरुको ९८ प्रतिशत कर्जा असुलीदर रहेको छ । त्यसैले पनि यो संस्था मार्फत कृषि क्षेत्रमा लगानी गर्दा कर्जा अशुलीमा सहजता छ । गत आ.वमा मात्र यस संस्थाले साना किसान कृषि सहकारी मार्फत २० अर्ब भन्दा धेरै रकम कर्जा गरेको छ ।