३ लाख रुपैयाँ घुससहित सहायक वन अधिकृत पक्राउ
Monday, August 12th, 2019 | krishak khabar
श्रावण २७ कैलाली वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत एक वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले वन कार्यालय, वीपीनगरका आठौं तहका वन अधिकृत सुरेशचन्द्र डीसीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
डीसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।
नियन्त्रणमा लिइएका डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ । विष्टका अनुसार उनलाई आजै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी छ ।
श्रोत अनलाईन खबर
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024