सल्यानमा टिम्बुर प्रशोधन गरी तेल निकाल्ने काम सुरु
सल्यान पौष २२
टिमुर उत्पादनमा वृद्धि भएपछि जिल्लामा उद्योग नै स्थापना गरी तेल प्रशोधन गर्न थालिएको छ । तीन वर्षदेखि स्थानीय शारदा नगरपालिका–१५ मा सञ्चालन हुँदै आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरी तेल उत्पादन गर्न थालेको हो ।
टिमुरबाट प्रशोधन गरिएको तेल गत वर्ष प्रतिकिलो १० हजारदेखि १३ हजार रुपियाँसम्मका दरले बिक्री गरेको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए । गत वर्ष ६ सय किलो टिमुरको तेल प्रशोधन गरिएको बताउँदै उनले यस वर्ष तेलको माग बढेपछि १ हजार ३ सय किलोसम्म टिम्बुर प्रशोधन गर्ने तयारी रहेको बताएका छन् । यस वर्ष टिमुरको तेलको मूल्य वृद्धि भई प्रतिकिलो १७ हजार पुगेको पनि उनको भनाइ छ।
जिल्लमा उत्पादित टिमुरको तेल काठमाडौंसम्म निर्यात हुने गरेको र यस वर्ष करिब चार सय किलो टिमुरको तेल काठमाडौं पठाइसकेको न्यौपानेले जानकारी दिए ।
टिमुर खेतीबाट आम्दानी पनि राम्रो हुने र बजार पनि राम्रो पाउन थालेपछि यहाँका किसान टिमुर खेतीतर्फ आकर्षित भएका छन्। सल्यान जिल्लालाई टिमुरको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ। आफूले उद्योग शुरू गर्दा सोचे जति आम्दानी लिन सकिँदैन कि भनेर चिन्ता भए पनि तीन वर्ष्भित्रै राम्रै आम्दानी भएको पनि न्यौपानलेको भनाइ छ ।
’ टिमुर तेललाई औषधिको रुपमा प्रयोग गरिने भएकाले यसको माग बढिरहेको उनले बताए । टिमुर खेतीका लागि किसान व्यक्तिगत र सामूहिक रुपमै लागेको जिल्ला डिभिजन वन कार्यालय सल्यानका नायब सुब्वा टोपेन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार ‘जिल्लाबाट हालसम्म १ लाख ९८ हजार ९ सय ५० किलो टिमुर निकासी भइसकेको र अझै २० देखि २५ प्रतिशतसम्म टिमर निकासी हुन बाँकी रहेको छ। ’ आव २०७४र७५ मा सल्यानबाट ४० करोड रुपियाँको टिमुर निर्यात भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले बताए ।
७५ हजार प्रति कुन्टल सम्म पर्छ टिम्बुर
एकपटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिने र बजार पनि राम्रो भएकाले नांगा डाँडापाखा खोल्सामा खेती गरेर आम्दानीको स्रोत बढाउन सकिने भएकाले पनि किसानको आर्कषण बढिरहेको छ।जडिबुटी व्यवसायी संघ जिल्ला शाखा सल्यानका महासचिव हरि न्यौपानेका अनुसार गत वर्षदेखि टिमुरले राम्रो मूल्य पाइरहेको छ। गत वर्षको अन्तिमतिर एक लाख रुपियाँ प्रतिक्विन्टलसम्म टिमुर बिक्री भएको बताउँदै यस वर्षका शुरूमै ७५ हजार रुपियाँसम्ममा बिक्री भएको उनको भनाइ छ ।
टिमुर विदेशमा समेत निर्यात हुन थालेपछि सल्यानका किसानले भिरालो तथा बाँझो जग्गामा व्यावसायिक टिमुर खेती गर्न शुरू गरेका छन्।
गत वर्षमात्रै आफू १ लाख ५० हजार रुपियाँ बढीको टिमुर बिक्री गरेको स्थानीय बन्गाड कुपिण्डे नगरपालिका–८ सेराका वीरबहादुर बुढाथोकीले बताउनुभयो। उहाँको छिमेकी झुपकली खडकाले पाँच लाख आम्दानी भएको भन्दै टिमुरको आम्दानीबाट परिवार पाल्नसमेत सहज भएको बताउनुभयो। उहाँले
भन्नुभयो–‘मेरो जग्गामा अहिले सयभन्दा बढी टिमुरका बोट छन्। मैले व्यावसायिक रूपमा मैले टिमुर खेती गर्दै आएकी छु।’