आधा रातमा भारतिय गोलभेँडा जफत गरि सडकमै फालिदिए किसानले
पौष २७
आफ्नो उत्पादनले राम्रो मुल्य नपाएर आन्दोलित बनेका चितवनका किसानले नवलपरासीको थुम्सिमा गए राति ११ बजे भारतिय गाडिमा ल्याईएको भारतिय गोलभेँडा राजमार्गमा फालिदिएका छन् । किसान चौतारी नेपालको किसान टास्क फोर्स (एफ.टि.एफ) को आयोजनामा युपि ३२ ए टि १७२१ नंबर सहित अन्य तिनवटा गाडिमा ल्याईएको टमाटर फालिएको हो ।
किसान चौतारी नेपाल चितवन शाखा कै पहलमा आयोजनामा भरतपुर तरकारी तथा फलफुल बजारमा केहि दिन पहिले चेतावनी स्वरुप भारतिय टमाटर फालिएको थियो । तर उक्त कार्य पश्चात नोपली किसानलाई सहयोग गर्नुको साटो ३५ रुपैँया प्रति किलोमा बिक्रि हुदै आएको नेपाली किसानको टमाटरको मुल्य व्यापारि सबै मिलेर २० रुपैँयामा झार्न थालेपछि किसान अझ आक्रोशित भएका हुन् ।
५० भन्दा बढि ब्यवसायीक खेती गर्ने किसानले राजमार्गमै कुरेर भारतिय गाडिहरु तोडफेड गरी टमाटरको क्रेट फालेका छन् । भन्सारबाट पास भई आएको गाडि भएपनि क्वारेन्टाईन नगरि टमाटर ल्याईएको पनि पाईएको किसानले जानकारी दिए । साथै बाटोमा प्रहरी जाँचलाई बेवास्ता गर्दे अत्याधिक गतिमा रहेको गाडि नियन्त्रण गरिएको पनि किसान चौतार नेपाल जिल्ला शाखा चितवनले जनाएको छ । पटक पटक आग्रह गर्दा पनि अटेरी गरि नेपाली किसान डुबाउने काम गरेकाले वाध्य भएर भारतिय टमाटर फालिएको एफ टि एफ चितवनका संयोजक दिपक तिमल्सिनाले बताए । आफुहरुले ब्यापारी, कृषिका सरकारी निकाय , बजार ब्यवस्थापन समिति लगाएत सबैलाई चितवनको उत्पादन पर्याप्त भएको र भारतबाट टमाटर ल्याउँदा नेपली किसानले भाउ नपाउने अवस्थाको जानकारी दिदै भारतबाट नल्याउन आग्रह गर्दा पनि किसानको समस्यामा कुनै पनि निकाय गंभिर नदेखिएकाले टमाटर फाल्ने आन्दोलनमा होमिएको उनले बताए ।
आफ्नै उत्पादनले भाउ नपाएर सडकमा फाल्नुपर्ने अवस्था आइ किसानको लगानी डुबेर आत्महत्या गर्ने स्थितीमा आउदा समेत किसानको समस्या समाधान गर्ने तर्फ सरकार नलागेपछि भारतिय टमाटर फालेरै आन्दोलनमा जानको अर्को बिकल्प नरहेको किसान चौतारी नेपाल चितवनका संयोजक रामचन्द्र रेग्मिको बुझाइ छ । उनले धेरै पटक ब्यापारी र सरकारी निकायसंग किसानका समस्याका वारे कुरा राखे पनि कुनै पहल नगरिएको गुनासो पोखे । उनको प्रश्न छ, के हामी आत्महत्या गर्ने ? उत्पादन गर्ने किसानलाई मारेर कस्तो समृद्धी सोचिएको हो । हाम्रो समस्याको समाधान कसले गर्ने ? आफुहरु यस्तो आन्दोलनमा जान नचाँहदा नचाँहदै पनि अन्य बिकल्प नभएकाले वाध्य भएर लाग्नु परेको रेग्मिको दुखेसो छ ।
अन्य बिकल्पहरु खुला नभएकाले किसानहरु भारतबाट टमाटर ल्याउन बन्द नगरिन्जेल जस्तो सुकै मुल्य चुकाउन परेपनि लागि पर्ने चितवनका ब्यवसायीक किसान कृष्ण न्यौपाानेको चेतावनी छ । उनि भन्छन् , किसानको समस्यालाई समयमै सम्बोधन नगरि पेशाबाटै पलाएन हुन वाध्य पार्नेहरुका बिरुद्ध सबै किसान एकजुट भएर लागिन्छ ।
। आफ्नो समस्याको समाधानकालागि सरकारले न्युनतम समर्थन मुल्य तोकिदिनुपर्ने माग उत्पादक किसानहरुको छ । साथै आफ्नै उत्पादन हुँदा हुँदै भारतबाट ल्याउने क्रमलाई नियन्त्रण गरिनुपर्ने माग पनि किसानहरुले राखेका छन् ।
न्युनतम समर्थन मुल्य तोक्नुपर्ने , किसानलाई लागेको उत्पादन लागतको डेढगुणा मुल्य कायम गर्नुपर्ने र भारतबाट आयात हुने तरकारी नरोकुन्जेल आन्दोलन जारी राख्ने किसानहरुले बताएका छनु । यि मागहरु पुरा नगरुन्जेल किसान चौतारी नेपाल केन्द्रले आम किसानलाई संगठित गर्दै देसब्यापि आन्दोलनको घोषणा गरिने अध्यक्ष अरबिन्द्र सुबेदीले जनाए ।
हाल तराईका जिल्लामा पयाप्त गोलभेंडा उत्पादन भईरहे पनि भारतिय सस्तो गोलभेंडा भित्रिदा नेपालका किसनले मुल्य नपाउने स्थिति छ । भारतमा खुल्लामा टमाटर खेती हुने र भारतिय सरकारले यसकालागि किसानलाई धेरै बिषयमा अनुदान तथा सहयोग गर्ने भएकाले नेपालको दाँजोमा धेरै सस्तो लागतमा उत्पादन हुने गरेको छ । नेपाली किसानले प्रति किलो खुल्लामा उत्पादन गर्दा १५ रुपैया लागत लाग्छ,भने भारतबाट त्यो भन्दा सस्तोमा आउने स्थितिले नेपाली किसान डुब्ने गरेका छन् । त्यस्तै टनेलमा उत्पादन गरिने टमाटरको लागत ३० रुपैया लाग्ने गरेको बैज्ञानिक डा केदार बुढाथोकिले जानकारी दिदै , नेपालमै पर्याप्त उत्पादन हुँदा हुँदै भारतबाट ल्याईने टमाटरलाई नरोकिए वा नेपालमा टमाटर खेती गर्ने किसानलाई कम लागतमा उत्पादन गर्ने वातावरण नबनाइए किसानहरु पेशाबाट पलाएन हुन धेरै समय नलाग्ने उनको भनाइ छ ।
तरकारी आयातमा भारतिय पेलाह प्रवृति सबै हावि
नेपाल सरकार पनि यस विषयमा धेरै मौन रहेको देखिन्छ,खुल्ला सिमानाको फाइदा उठाउँदै भारतिय तरकारीहरु नेपालमा निर्वाद रुपमा बिना चेक जाँच भित्रीन्छन् तर नेपालको उत्पादन भारत पठाउन हाम्रो सरकार सँग कुनै बैधानिक संयन्त्र छैन । भारतिय पेलाह प्रवृतिले गोलभेँडा किसान मात्र होइन तरकारी ओसार पसार गर्ने नेपाली साधनले समेत काम पाएको अवस्था छैन, भारतबाट तरकारी ल्याउँदा निर्वाध रुपमा भारतिय गाडि सिधै हाम्रो तरकारी बजार सम्म आउने गरेको छ । यसले नेपाली तरकारी ओसार पसार गर्ने गाडिहरु समेत कम नपाए बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ । त्यसैले यो समस्या किसानको मात्र नभई आम नेपालीको भएकाले यस तर्फ सबै मिलेर नेपाली किसानलाई सहयोग गर्न लाग्नुपर्ने देखिन्छ ।