विषादी प्रयोग मुक्त सप्ताह मनाउर्दै वाली संरक्षण निर्देशनालय
पुष १७ काठमाडौँ
नेपालमा रासायनिक विषादीको प्रयोग बढ्र्दै गएको छ । यसको न्यूनिकरणको लागि वाली संरक्षण निर्देशनालयले विषादी प्रयोग मुक्त सप्ताह मनाउने भएको छ। । बाली संरक्षण निर्देशनालयका प्रमुख अच्युत प्रसाद ढकालले यहि पौष १७ देखि २३ सम्मा ‘घातक विषादी मुक्त संसार स्वस्थ जीवन र पर्यावरणको आधार’ भन्ने मुल नाराका साथमा भब्य रुपमा मनाउने जानाकारी दिएका छन । उनका अनुसार सन् २०१० देखि सप्ताहव्यापी रुपमा संचालन गर्ने थालनी भइ स्वरुप नेपाल पनि यस कार्यक्रममा सन् २०१३ अर्थात विगत ४ वर्ष देखि सहभागी हुर्दै आएको वताउछन् ।नेपालमा रासायनिक विषादीको प्रयोग प्रति र्बष बढ्दै गएको छ र नेपालमा विषादीको बढदो प्रयोागले विभिन्न किसिमले मानव स्वस्थ्यमा असर पदै गएको छ । संसारमा हरेक बर्ष विषादीको कारण चार करोड मानिसलाइ कुनै न कुनै हिसाबमा असर गरीरहे्को अनुमान गरीएको एक तथ्यांकले देखाएको छ । तथ्याकंनकै हिसाबमा विश्वमा विषादीकै कारण बार्षिक करीब ३ लाख ५५ हजार मानिसको मूत्यु हने गरेको छ । विषादी प्रयोग मुक्त सप्ताह मनाउदा आम उपभोक्ता र किसानहरुलाई समेत सचेत गराउनको लागि, बढ्दो विषादिको असरका बारेमा जनचेतना जगाउन, विषादि प्रयोगले पर्ने मानव जिवनमा नकारात्मक असरको बारेमा जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।यस सप्ताहले विभिन्न समुदायमा विषादीको नकारात्कम असर वारे जनचेतना अभिवृद्धि गर्नुका साथै विषादीको प्रयोग नयूनीकरण महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिएको वताउछन्